बारा प्रहरीले समात्यो पेस्तोलसहित चार जना

खरीबोट
ad

बारा । जिल्ला प्रहरी कार्यालय बाराले विभिन्न अपराधमा संलग्न चार जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । बारा प्रहरीले आइतबार पत्रकार सम्मेलनको आयोजना गरी उनीहरुलाई सार्वजनिक गरेको हो ।

प्रहरीले विभिन्न स्थानबाट हात हतियार प्रयोग गरी लुटपाट, चोरी गरिएको मोवाइल, मोटरसाईकल तथा अन्य विभिन्न घटनामा संलग्न रहेका समूहलाई पक्राउ गर्न सफल भएका हुँन् ।
प्रहरीले लुटपाटमा प्रयोग हुने एक थान कटुवा पेस्तोल र सोमा लाग्ने दुई थान गोली, तीन थान मोटरसाइकल र १६ थान मोबाइलसहित चार जनालाई पक्राउ गरी सार्वजनिक गरेका हुन् ।

सार्वजनिक गरिएकामध्ये जिल्लाको बारागढी गाउँपालिका वडा नं.१ का धर्मेन्द्र प्रसाद यादवलाई घरेलु कटुवा पेस्तोल एक थान र सोमा प्रयोग हुने दुई राउण्ड गोली तथा विभिन्न कम्पनीको १४ थान मोबाइलसहित पक्राउ गरेको हो ।

भारत तथा नेपालका विभिन्न स्थानबाट चोरी तथा लुटपाट गरी बिक्री वितरण गर्ने गरेका बाराको आदर्शकोतवाल गाउँपालिका ६ का आनन्द प्रसाद कुशवाहा र सोहि स्थानका अरविन्द माहत्तो कुशवाहालाई चोरीको तीन थान मोटरसाइकलसहित पक्राउ गरिएको छ ।

यस्तै रौतहट जिल्लाका बौधिमाई नगरपालिका वडा नं.५ का अरविन्द राय यादवलाई बारा प्रहरीले चोरी गरेको २ थान मोवाईल सहिँत सिम्रौनगढ नगरपालिकामा पक्राउ गरिएको बाराका प्रहरी उपरिक्षक राजकुमार बैधवारले बताए ।

पछिल्लो समय बारामा अपराध न्यूनिकरणका लागि बारा प्रहरीले सक्रियता बढाएको छ ।
 

सम्बन्धित समाचार

आगामी १७ गतेदेखि जीतपुरसिमरामा मेयर कप फुटबल हुने

बारा । जीतपुरसिमरा उपमहानगरपालिकामा दक्ष खेलाडी उत्पादन गर्ने लक्ष्यसहित मेयर कप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।  उपमहानगरपालिकाको सहयोग र सामुदायिक विकासशील क्लब सिमराको आयोजनामा प्रतियोगिता हुने भएको हो ।

बाढी पहिरोको जोखिमयुक्त निजगढका खोलाहरुको निरीक्षण

बारा । बाराको निजगढ नगरपालिका अन्तर्गत रतनपरी , भरतगंजसिंगौल , निजगढका बाढी , पहिरो , कटान जोखिमयुक्त स्थान र खोलाहरुको निरीक्षण गरिएको छ । निजगढ नगरपालिकाका प्रमुख सुरेश कुमार खनाल र

नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमै रहने, पेरिसडाँडाबाट जनसम्पर्कका कामहरु गरिने  

काठमाडौँ । नवगठित नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कार्यालय यसअघि एमालेको केन्द्रीय कार्यालय रहेको काठमाडौँको धुम्बाराहीमा रहने भएको छ ।  पार्टीका जनसङ्गठन र जनसम्पर्कका कामहरु भने पेरिसडाँडा रहने नेकपाका केन्द्रीय सदस्य कृष्णगोपाल

बारामा राष्ट्रिय वन अतिक्रमण तिव्र

वीरगञ्ज । बसाइँसराई तथा बढ्दो जनसंख्याका कारण बारामा रहेको राष्ट्रिय वन अतिक्रमणको चपेटामा पर्दै आएको छ ।  बारा जिल्ला वन कार्यालयका अनुसार विगत ३५ वर्षयता भूमाफियाको चपेटामा करीब रु एक खर्ब

Loading...

Loading...