• २०८१ बैशाख ८ शनिबार

आफैँ फोटो खिच्ने गुगलको क्यामरा 'क्लिप्स'को बिक्री सुरु 

kharibot

प्रविधि । गुगलले आफैँ फोटो खिच्ने क्यामरा ल्याएको  छ । क्लिप्स नाम दिइएको यो क्यामराले कहिले कतिखेर फोटो खिच्ने आफैँ थाहा पाउँछ । 

यो क्यामरालाई अब गुगल स्टोरबाट खरिद गर्न सकिने जनाइएको छ । यद्यपि यसलाई बिक्री गर्न सुरु गरिएको छ तर पैसा तिर्नासाथ भने यो पाइहाल्न मुस्किल छ । 

रिपोर्ट्सहरुका अनुसार लगभग २३ हजार नेपाली रुपैयाँ पर्ने यो क्यामरा २७ फेब्रुअरीसम्म गुगलले दिनेछ । यो क्यामराले अवस्थाअनुसार काम गर्ने बताइएको छ । यसले १३० डिग्री कोणबाट शानदार फ्रेममा तस्बिर लिनसक्छ । 

एजेन्सीहरुका अनुसार क्यामराले स्वचालित रुपमा तस्बिर लिनको लागि मोमेन्ट आईक्यू नामको अफलाइन मेसिन लर्निंग मोडल र भिजुअल प्रोसेसिंग युनिट प्रयोग गर्छ । यसले मानिसहरुको इमोसन, प्रकाश र फ्रेमिंगलाई मिलाएर फोटो खिच्ने क्षमता राख्छ । 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै