• २०८१ बैशाख ७ शुक्रबार

दिल्ली डेयरडेभिल्सले भन्यो ‘सन्दीपलाई टिममा स्वागत छ’

kharibot

काठमाडौँ । नेपाली लेग स्पिनर सन्दीप लामिछानेलाई किनेको दिल्ली डेयरडेभिल्सले सन्दीपलाई आफ्नो टिममा स्वागत गरेको छ । 

सामाजिक सञ्जाल ट्वीटरमा दिल्लीले आइपिएलको इतिहासमा पहिलो पटक नेपाली खेलाडीले आफ्नो टिमबाट खेल्न लागेकोमा ठुलो आनन्द महसुस भएको उल्लेख गरेको छ ।
साथै दिल्लीले ‘१७ बर्षिय लेग स्पिनरलाई टिममा स्वागत छ’ भनेको छ ।

साथै अस्ट्रेलियन पुर्वक्रिकेट कप्तान माइकल क्लार्कले पनि सन्दीपको आइपिएल यात्रालाई उत्कृष्ट समाचार बह्नेर प्रतिक्रिया दिएका छन् । 

माइकल क्लार्कले यसअघि सन्दीप आइपिएल अक्सनको सुचिमा पर्दा आफु आइपीएल टिममा भएको भए उनलाई किन्ने थिए भनेर प्रतिक्रिया दिएका थिए । 

सन्दीपलाई किन्ने दिल्ली डेयर डेभिल्सको यस सिजनमा अस्ट्रेलियन कोच रिक्की पोन्टिङ रहेका छन् । यस अघि उनि मुम्बई इण्डियन्सको ब्याटिङ प्रशिक्षक र त्यस अघि खेलाडी थिए ।
  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै