• २०८१ बैशाख १३ बिहीबार

कालिका पावर कम्पनीको छ करोड रुपैयाँको साधारण सेयर माघ २१ गते

kharibot

काठमाडौ । कालिका पावर कम्पनीले यही माघ २१ गतेबाट छ करोड रुपैयाँ बराबरको साधारण सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित गोरखा जिल्लाका स्थानीयवासीहरुको लागि एक सय रुपैयाँ अंकित मुल्य कायम रहनेगरी छ लाख कित्ता साधारण सेयर निष्काशन गर्न लागेको हो । 

बिक्री प्रर्वन्धक काठमाडौं क्यापिटल लिमिटेड र सह बिक्री प्रर्वन्धक ग्लोवल आईएमई क्यापिटल लिमिटेड रहेको कम्पनीको साधारण सेयरको बिक्री कार्य छिटोमा फागुुन छ गते र ढिलोमा फागुुन २१ गते बन्द हुुने छ । सर्वसाधाणले न्युनतम १० कित्ता देखि अधिकतम तीन हजार कित्तासम्मको सेयर खरिदको लागि आवेदन दिन सक्नेछन । अधिकृत पुंजी ८५ करोड तथा जारी पुंजी ६० करोड रुपैयाँ रहेको कम्पनीको हाल चुक्ता पुजी ४२ करोड रुपैयाँ रहेको छ ।

आयोजना प्रभावित क्षेत्रमा सर्वसाधारणलाई छ करोड रुपैयाँको सेयर बिक्री गरेपछि कम्पनीको चुक्ता पुंजी ४८ करोड रुपैयाँ पुुग्ने छ । यसैगरी अन्य सर्वसाधाणको लागि छुुट्याएको पुरै सेयर बिक्री गरेपश्चात भने कम्पनीको चुक्ता पुंजी ६० करोड रुपैयाँ नै पुुग्ने छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै