• २०८१ बैशाख १४ शुक्रबार

एनएमबि बैंकले एक अर्ब नाफा कटायो 

kharibot

काठमाडौँ । एनएमबि बैंकले आ.व.२०७४-७५ को दोस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त वित्तीय विवरण अनुसार एनएमबि बैंकले अघिल्लो आर्थिक वर्षको समिक्षा अवधिमा भन्दा खुद मुनाफामा ४३ % भन्दा बढिले वृद्धि गरी रु. १ अर्ब कटाउन सफल भएको छ । 

त्यसैगरी बैंककोे आ.व.२०७४-७५ मा निक्षेप रु.८.६ अर्ब तथा कर्जा ६.६ अर्बले बढाएको छ । उच्च विक्तिय प्रगति प्रर्दशन गर्दै हाल बैंकको निक्षेप ८०.५५ अब पुगेको छ भने कर्जा ७०.९३ अर्ब पुगेको छ । यस अवधिमा बैंकले आफ्नो निश्कृय कर्जालाई १.६७ % बाट झारेर १.२० % मा पुर्याएको छ । 

समिक्षा अवधिमा बैंकले उल्लेखनीय प्रगति हासिल गरेको छ । यसै गरि द ब्यांकर, फाइनान्सियल टाइम्स लन्डनबाट सन् २०१७ नेपालको लागि बैंक अफ द इयर २०१७ तथा सिएनआइबाट नेपाल बिजिनेस एक्सलेन्स अवार्ड २०१७ समेत प्राप्त गरेको छ ।

हाल एनएमबि बैंकको ९३ वटा शाखा, ४ वटा एक्सटेन्सन काउन्टर र ८७ वटा एटिएमहरुबाट सेवा प्रदान गर्दै आएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै