समय सापेक्ष नेतृत्वको खाँचो

खरीबोट

महाभारतको अन्तिमतिर भगवान कृष्ण भन्नुहुन्छ, “मेरो जन्म यो संसारमा धर्मको स्थापना गर्नकालागि भएको हो र त्यो पुरा भइसक्यो अब मैले आवश्यक्ता भन्दा बढी यो संसारमा रहेभने त्यसले संसारको सन्तुलनमा खलल पार्नेछ ।”  हाम्रा धर्म ग्रन्थहरूमा हेर्ने हो भने एउटै भगवानले फरक फरक समस्या सामाधन गर्न फरक समयमा फरक अवतारमा आउनुभयो । अर्थात यसको अर्थ एउटै व्यक्ति, संस्था वा शक्ति सधै र सबै काममा सफल हुन सक्दैन भन्ने हो । नयाँ अवस्था र नयाँ समस्या समाधानको निम्ति नयाँ नेतृत्व र नयाँ शक्तिको खाँचो पर्दछ । एउटा सिजनको समाप्ती पछि अर्को सिजनको आगमन हुनु प्रकृतिको नियम हो । पुरानो पात झर्नै पर्छ र आवश्यकताका हाँगाहरूमा सिद्धान्तका नयाँ पालुवाहरू पलाउनै पर्छ । हाँगामा पुरानै पातहरू र पुरानै फलहरूले जगडीएर बस्ने हो भने सुन्दर हरियाली र नयाँ फूलहरू सम्भव हुदैन । राजनीतिक दल होस वा समाजको नेतृत्व उसले समय अनुसार नेतृत्व गर्नु सक्नुपर्दछ, परिर्वनलाई आत्मसात गरि समयको बागडोर थेग्ने क्षमता बनाउनसक्नु पर्दछ नत्रभने  नयाँ र वैकल्पिक शक्तिको जन्म अनिवार्य आवश्यक्ता हुन जान्छ । 

कुरा गरौ अहिले बिद्यमान प्रमुख राजनीतिक शक्तिहरुको । काङ्ग्रेश, एमाले वा माओबादी लगायत सम्पूर्ण पार्टीहरूको स्थापनाको आफ्नै परिवेश, आवश्यक्ता र इतिहास छ । जहाँनिया राणाशासनको अन्त्य, पञ्चायति तानाशाहीको समाप्ति होस वा वर्षौ देखि शासन गर्दै आएको राजतन्त्रको समाप्ती यि सम्पूर्ण अधिकार प्राप्तीको लडाँइहरूमा यि राजनीतिक शक्तिहरूले खेलेको नेतृत्वदायी भूमिका र पुर्याएको योगदान महत्वपूर्ण र सह्रानिय छ । उनिहरूको जन्म समयको आवश्यक्ता थियो । उनिहरूले देश र जनतालाई अधिकार सम्पन्न गराए । समयको आवश्यक्ता अनुसार त्यतिखेर सायद त्यस्तै राजनीतिक बाटोको आवश्यक्ता थियो होला ।  टायर बाल्नु, ढुङ्गा हान्नु मजबुरी थियो होला । अधिकार प्राप्तीको लडाइलाई निष्कर्शमा पुर्याउन र त्यो समाजको आवश्यक्ता पुर्तीको निम्ती विपिको सिद्धान्त, मदन भण्डारीको बाटो वा अन्य कुनै बाद उत्तम थिए होलान्  । ति अहिले पनि सान्दर्भिक छन वा छैनन यो छुट्टै बहसको विषय हो तर यि सिद्धान्तहरूको व्यख्या, प्रयोग र उपयोग गलत ढङ्गले गरियो यसमा कुनै दुइमत छैन । फलस्वरू अहिले नेपालको नेतृत्व कामचलाउ र औपचारिकतामा मात्र सिमित भएको छ । यि पार्टीहरूमा सामाजिक स्वार्थ र देशको स्वार्थभन्दा व्यक्तिगत र गुटगत स्वार्थहरु हावि भए । राजनीतिक यात्रा गन्तव्य र समाजको अवश्यकता भन्दा निकै पर धकेलियो ।  जेहोस त्यो सधै सत्य हो र त्यो बाटोबाट सधै गन्तव्यमा पुग्न सकिन्छ भन्नु पनि त्यति न्यायोचित नहोला । समय अनुकुल पुराना बाटाहरू पराकिलो गर्दै जानुपथ्र्यो त्यो गरिएन बरु त्यसलाई आफु अनुकुल ढालियो र अहिले नयाँ विकल्पको खोजि गर्नुपर्ने बाध्यता सिर्जना भयो । 

जेहोस त्यो सधै सत्य हो र त्यो बाटोबाट सधै गन्तव्यमा पुग्न सकिन्छ भन्नु पनि त्यति न्यायोचित नहोला । समय अनुकुल पुराना बाटाहरू पराकिलो गर्दै जानुपथ्र्यो त्यो गरिएन बरु त्यसलाई आफु अनुकुल ढालियो र अहिले नयाँ विकल्पको खोजि गर्नुपर्ने बाध्यता सिर्जना भयो । 

हरेक निकायहरूमा भ्रष्टाचार, घुसखोरी, अनावश्यक राजनीतिक हस्तक्षेप, दण्डहिनता, बेरोजगारी दिन प्रतिदिन बढ्दो छ । दुर्गममा न्यानो लुगाको अभावमा त कतै सिटामोल र जिवनजल नपाएर देश छटपटाइरहेको छ । भुकम्प पिडीतले टाउको माथिको तिर्पाल फेर्न पाएका छैनन् भने नेतृत्व सत्ताको खेलमा रमाइरहेको छ । दुइ दिनमै पखालिनेगरि असारको झरिमा गरिने कालोपत्रलाई विकासको परिभाषा दिइएको छ, बर्षभरी पाठ्य पुस्तक हातमा नपरि बिद्यार्थीलाई जाँच दिन लगाइन्छ र त्यसलाई शैक्षिक उपलब्धीको संज्ञा दिइएको छ । बिदेशमा ज्यानको बाजी थापेर पसिना खन्याइरहेका युवाहरूको श्रम र पसिना बिक्रिबाट भित्रिएको रेमिट्यान्सलाई आर्थीक श्रोत मानिएको छ । के यहि हो समय सुहाँउदो विकासको परिभाषा ? अन्तराष्टिीय स्तरमा प्रतिशपर्धा गर्न सक्ने समयानुकुल शिक्षा ? र नेपाली युवाहरूको मुल्य ? संसारका अन्य देशहरूमा कुनै निकाय हाँक्न र कुनै निकायमा नेतृत्व गर्न त्यो क्षेत्रको बिज्ञ र अनुभवि हुनुपर्छ तर हाम्रो देशमा बिज्ञता र अनुभव भन्दा अगाडी नाताबाद, चाप्लुसी र स्वार्थको हिसाब किताब हुन्छ, नाताबाद र कृपाबादले सबैलाई पछाडी पार्दछ । प्रजातन्त्र पुर्नबाहाली पछिका २८ वर्ष र गणतन्त्र घोषणा पछिकै पनि लगभग दश वर्षको देशको विकासको गति हेर्दा कर्मकाण्डी बाहेक ‘गुजारा’ चलाउने मात्रै छ । यस्तै नेतृत्व र यहि गतिमा विकास हुने हो भने देश केहि वर्षमै समृद्धिको हिसाबले संसारका अन्य देशहरूको लाइनमा निकै पछाडी पर्ने निश्चीत छ । जसको निम्ती अब बैकल्पिक र गतिशिल राजनीतिक शक्ति अपरिहार्य छ । 

यति धेरै समस्याका बाबजुत युवाहरूको सकारात्मक चिन्तन र पछिल्लो समय राजनीतिप्रति देखिएको चासो अहिलेको सबैभन्दा सकारात्मक पक्ष हो । अब नेतृत्व तहमा युवाहरुको पहुच अबको सबैभन्दा पहिलो आवश्यक्ता हो । अबको राजनीतिक सुधार र देश विकासको निम्ती निम्न दुइ विकल्प हुन सक्दछन् । 

यस्तै नेतृत्व र यहि गतिमा विकास हुने हो भने देश केहि वर्षमै समृद्धिको हिसाबले संसारका अन्य देशहरूको लाइनमा निकै पछाडी पर्ने निश्चीत छ । जसको निम्ती अब बैकल्पिक र गतिशिल राजनीतिक शक्ति अपरिहार्य छ । 

पुराना राजनीतिक दलहरुमा सुधार

राजनीतिलाई सबै नितिहरूको नीति भनिएको छ । राजनीति नसुध्रिएसम्म अन्य क्षेत्र सुध्रिन गाह्रो छ । अहिलेका विद्यमान धेरैजसो समस्या सामाधानको लागि पहिलो उपाय हो पुराना दलहरूमा सुधार ।  सुधार अन्र्तगत समय सापेक्ष कार्यदिशामा सुधार देखि लिएर सैद्धान्तिक र सांगठनिक सुधार सम्म पर्नसक्छ । सबै भन्दा पहिले त पार्टीहरूमा भएका गुट र उपगुटहरूको व्यवस्थापन हुनुपर्दछ । अर्को आवश्यक्ता भनेको अहिलेसम्म खडेरी रहेको आर्थीक पार्दशिता र जवाफदेहिता हो । साठि कटेका पाका पुस्ताका नेताहरूलाई सल्लाहकार राखि युवा पुस्तालाई शिर्ष नेतृत्वमा स्थापित गर्नु ‘ठूला’ दलहरूको  टट्कारो आवश्यकता हो । नाताबाद र कृपाबादबाट नभइ कार्य क्षमता र योग्यताको आधारमा जिम्मेवारीको बाँडफाँड गरियो भने त्यो दिर्घकालसम्म पार्टी र देशकै निम्ती हितकर हुनेछ र देशमा संस्कारित राजनीतिको सुरूवात हुनेछ । 

यसको अर्थ ति पार्टीहरूमा असल नेता नै छैनन् भन्न खोजिएको होइन तर ति भएका असल र कुसल नेताहरू अल्पमतमा छन । अराजकताको भिडमा उनिहरूको सकारात्मक प्रयास समुन्द्रको पानिमा एक मुठ्ठी अबिर जस्तै हुन्छ । जति चाहेपनि एक मुठ्ठी अबिरले समुन्द्र रातो हुनेवाला छैन । इन्जिन बिग्रेको गाडी जतिसुकै कुशल चालकले चलाएपनि त्यो गन्तव्यमा पुग्न सक्दैन । 

बैकल्पिक शक्तिको नेतृत्व 

नानी देखि लागेको बानी छुटाउन गाह्रो हुन्छ भनेझै अहिलेका ठूला भनिएका पार्टीहरूमा रहेको अराजकता र स्वार्थको तुइनमा झुण्डिएको कुसंस्कार हटाउन त्यति सजिलो छैन । पुरानो क्षति ग्रस्त भवन टालटुल गरेर र्ममत गर्नुभन्दा बलियो जग हालेर नयाँ निर्माण गर्नु नै बुद्धिमानि हुन्छ । अहिलेसम्मका आवश्यक उपलब्धिहरू आत्मसात गर्दै, पाका पुस्ताको अनुभव र युवा पुस्ताको जोस जागर सहित एक सुनौलो राजनीतिक यात्राको थालनी गर्न अब हामि सबै तयार हुनुपर्दछ । बैकल्पिक शक्तिको रूपमा बलेको आशाको दियोमा तेल थप्नसके मात्रै बर्सौ देखिको अनिश्चितताको अँध्यारो चिर्न सकिन्छ । उर्जावान र जुझारू युवा हातहरूलाई स्वयम अगाडि आएर नेतृत्व गर्न प्रेरित गर्नुपर्दछ । आर्थिक समृद्धि र दिगो विकासको स्पष्ट खाका सहित थालेको सुसंस्कृत राजनीतिक यात्राले मात्रै यो देशलाई समृद्धिको लक्ष्यसम्म पुर्याउने छ । 
 

सम्बन्धित समाचार

यसकारण निजी मेडिकल कलेजलाई राष्ट्रियकरण गरौँ !

काठमाडौँ।  प्रजातन्त्रको सौन्दर्यको रुपमा उदारीकरण मार्फत नीजिकरणलाई यति महत्व दिईयो कि,यस्ले न स्वास्थ्य क्षेत्र भन्यो न शिक्षा क्षेत्र । हरेक कुराको निर्धारण माग र आपुर्तिको सन्तुलनबाट हुन्छ भन्ने अर्थशास्त्रको नियम

‘ॐ’ को अर्थ र आध्यात्मिक महत्व

अन्य शब्दहरुको अर्थ भएको जस्तै ‘ॐ’को कुनै अर्थ छैन । त्यसैले ‘ॐ’शब्द होइन् । हरेक ध्वनीहरु आहादनाद हुन् । अर्थात हरेक ध्वनीहरु कुनै दुई चिजको टक्रावटबाट निस्कन्छ । तर ‘ॐ’अनाहदनाद

विचारसहितका कलात्मक र सुन्दर सिर्जनामा जोड

काठमाडौँ । साहित्य सन्ध्याको ३८५ औँ शृङ्खलामा शनिबार ‘सञ्चार माध्यममा प्रगतिशील साहित्यको स्थान’ विषयमा भएको परिचर्चामा नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य, वरिष्ठ साहित्यकार एवम् सञ्चारकर्मी रघुजी पन्तले लेखनमा नयाँ

जहाँ पानी छ

ह्यामिल्टन, क्यानडा  विश्वका धेरै भागमा बढ्दो माग पूरागर्न थप परम्परागत स्वच्छ पानीको स्रोत सामान्यतया उपलब्ध छैन । पर्याप्त स्वच्छ पानीको अभावका कारण आर्थिक विकासलाई सीमित बनाउने भन्दा पर पनि द्वन्द्व,