पिएसजीको जितमा नेइमारको दुई गोल, कभानीले बनाए यस्तो रेकर्ड 

खरीबोट

काठमाडौँ । फ्रेन्च लिगमा पिएसजीले सजिलो जित हासिल गरेको छ । गएराती भएको खेलमा पिएसजीले मोन्टपिल्लीयरलाई ४-० को जित हासिल गरेको छ । 

पिएसजीको जितमा नेइमारले दुई गोल गरेका छन् भने एडिसन कभानीले एक तथा एन्जल डी मारीयाले एक गोल गरेका छन् ।

यस खेलमा गोल गर्दै एडिसन कभानी पिएसजीक लागि सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् । कभानीले यस अघि जलाटन इम्ब्रहिमोविचले बनाएको १५६ गोलको रेकर्डलाई तोड्दै पिएसजीका लागि सर्वाधिक गोल गरेका हुन् ।

त्यस्तै यसै सिजन पिएसजी गएका नेइमारले फ्रेन्च लिगमा कुल १७ गोल गरेका छन् ।

यो जितसँगै पिएसजी फ्रेन्चलिगमा २३ खेलमा ५९ अंकसहित दोस्रो स्थानमा रहेको लियोनसँग ११ अंकको अग्रता हासिल गरेको छ ।
 

सम्बन्धित समाचार

पिएसजीको जितमा एम्बाप्पेले गरे २ गोल 

काठमाडौँ।  फेन्च लिग वानमा पिएसजीले दोस्रो खेलमा शानदार जित हासिल गरेको छ।  शनिबार भएको खेलमा पिएसजीले गुइनगाम्पलाई ३-१ गोल अन्तरले पराजित गरेको छ।   पिएसजीको जितमा किलियन एम्बाप्पेले २ गोल गरे

नेइमारको गोलसँगै लिग वानमा पिएसजीको विजयी सुरुवात 

काठमाडौँ।  फ्रेन्च लिग वानमा पिएसजीले विजयी सुरुवात गरेको छ।  गएराती भएको खेलमा पिएसजीले काएन क्लबलाई ३-० ले पराजित गर्दै सिजनको उत्कृष्ट सुरुवात गरेको हो।   पिएसजीको जितमा नेइमार, एड्रियन राबिओट र

इन्टरनेशनल च्याम्पियन्स कप : पिएसजीमाथि आर्सनलको शानदार जित

काठमाडौँ।  इन्टरनेसनल च्याम्पियन्स कपमा आर्सनलले फ्रेन्च क्लब पिएसजीलाई पराजित गरेको छ।  शनिबार भएको खेलमा आर्सनलले पिएसजीलाई ५-१ गोल अन्तरले पराजित गरेको छ।  आर्सनलको जितमा अलेक्जेन्डर लाकाजेटेले २ गोल गरेका थिए भने

पिएसजीका पुर्वम्यानेजर इमेरी आर्सनलको म्यानेजर बन्ने निश्चित 

काठमाडौँ । इङलिश प्रिमियर लिग क्लब आर्सनलको नयाँ म्यानेजरमा फ्रान्सको पिएसजीका पुर्व म्यानेजर उनाइ इमेरी बन्ने भएका छन् । यसै सिजनमा पिएसजी छोडेका इमेरीले २२ बर्षसम्म आर्सनलको म्यानेजर बनेका आर्सन वेंगरको