एउटा युगको तस्वीर बनाउन चाहन्छु  [कविता]

खरीबोट

आमा म 
एउटा युगको तस्वीर  बनाउन चाहन्छु 
त्यो तस्वीर  शताब्दीकै पुरानो 
तस्वीर  हुनेछ र,
भावी पिढींले महसुस गर्नेछन् 
देशमा कति संघर्ष  गरेर 
शान्तिको श्वास फेर्न सकिएको  छ 
देशले शान्तिको लागि कति युद्ध गर्नुपर्यो 
दाजुभाइ दिदीबहिनी नै 
विपक्षमा लड्नु पर्यो युद्ध गर्नुपर्यो 

हो आमा म,
म यस्तो तस्वीर बनाउन चाहन्छु 
जहाँ युद्ध बिराम रोकेर 
शान्ति छाएको हुनेछ 
देशमा चारैतिर बत्ति बल्नेछ 
भ्रष्टाचार बलात्कार हुने छैन 
बेरोजगार हट्नेछ शिक्षित बन्नेछन् 
देशले हसिलो मुहार फेर्नेछ 
जहाँ त्यो तस्वीर हेरेर 
भावी सन्ततिहरु ती वीर युद्दाहरुलाई 
सम्झेर दुई थोपा आँसु झाल्ने छन् 
हो यस्तो युगको तस्बिर बनाउन चाहन्छु 
त्यसैले तपाईंको साथ चाहिएको छ 
त्यो आत्मीयता र प्रेम चाहिएको छ 
त्यो तस्बिर मेरो हृदयबाट 
बग्ने प्रत्येक आसुको थोपाहरुले 
बन्नेछ।।
 

सम्बन्धित समाचार

बाल साहित्यकार अधिकारीको कवितासंग्रह ‘धर्तीमाताको काखमा’ विमोचन

काठमाडौँ ।  बाल साहित्यकार मारिया अधिकारीद्वारा लिखित ‘धर्तीमाताको काखमा’ कवितासंग्रह विमोचन भएको छ ।  हेड्स नेपालले आज यहाँ आयोजना गरेको कार्यक्रममा १० वर्षीया बालिका अधिकारीद्वारा अंग्रेजी भाषामा लिखित ‘धर्तीमाताको काखमा’ कवितासंग्रहको वरिष्ठ साहित्यकार हरिहर

साहित्यकार मनु ब्राजाकीको निधन

काठमाडौँ / साहित्यकार मनु ब्राजाकीको आज बिहान ७५ वर्षको उमेरमा निधन भएको  छ । उनको निधनबारे साहित्यकार सुनिल पुरीले जानकारी दिएका हुन्  । मस्तिष्क शिरोघातबाट पीडित उनको पाटन अस्पतालमा उपचार भइरहेको थियो ।

साहित्यकारलाई परिचयपत्र दिने तयारी, कार्यविधिसहितको प्रतिवेदन मन्त्रालयमा

काठमाडौँ ।  नेपाल प्रज्ञा प्रतिष्ठानको साहित्यकार परिचयपत्र दिने कार्य अन्तिम चरणमा पुगेको छ ।  प्रतिष्ठानका प्राज्ञ सदस्य मातृका पोखरेलले परिचयपत्रसँग सम्बन्धित कार्यविधिसहितको प्रतिवेदन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई बुझाइसकेको र अबको केही

‘सत्ताको आलोचक नै प्रगतिशील साहित्यकार’

काठमाडौँ । साहित्यकारले सत्ताको आलोचक र प्रतिपक्षी बनी समाजका विकृतिको विरोध र खबरदारी गर्ने तथा रूपान्तरणका पक्षमा वकालत गर्छ भने तिनलाई प्रगतिशील स्रष्टा मान्नुपर्ने बताइएको छ । साहित्य सन्ध्याको नियमित मासिक