• २०८१ बैशाख १२ बुधबार

म्यानचेस्टर युनाइटेड एफए कपको पाचौ चरणमा, सान्चेजले गरे डेभ्यु 

kharibot

काठमाडौँ । म्यानचेस्टर युनाइटेड एफए कपको पाचौ चरणमा प्रवेश गरेको छ । गएराती भएको खेलमा येओभिल टाउनलाई ४-० गोल अन्तरले पराजित गर्दै युनाइटेड प्रतियोगिताको पाचौ चरणमा प्रवेश गरेको हो ।

युनाइटेडका लागि मार्कोस राशफोर्डले सुरुवाती गोल गरेका थिए भने एण्डर हरेरा, लिंगार्ड र लुकाकुले थप एक एक गोल गरेका थिए ।

यस खेलमा हालै आर्सनलबाट युनाइटेड आएका चिलियन स्ट्राइकर एलेक्सिस सान्चेजले युनाइटेडबाट डेभ्यु गरेका थिए । ७२ मिनेटसम्म खेलेका सान्चेजले युनाइटेडका लागि दोस्रो गिल असिस्ट गरेका थिए ।

त्यस्तै शुक्रबार मात्र आफ्नो सम्झौता  २०२० सम्मका लागि नवीकरण गरेका म्यानेजर जोसे मोरिन्होले युनाइटेडका लागि आफ्नो सयौ खेल पुरा गरेका छन् । उनले सयौ खेलमा ६२ खेलमा जिताउदै युनाइटेडमा म्यानेजरको रुपमा ६२ प्रतिशत जितको नतीजा निकालेका छन् । युनाइटेडमा मोरिन्होले २३ खेल बराबरी र १५ खेलमा म्यानेजरको रुपमा हार बेहोरेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै