• २०८१ बैशाख १२ बुधबार

कोपा डेल रे सेमिफाइनलको ड्र सार्वजनिक, बार्सिलोना भ्यालेन्सियासँग खेल्ने 

kharibot

काठमाडौँ । कोपा डेल रे प्रतियोगिताको सेमिफाइनलको ड्र सार्वजनिक भएको छ । 

शुक्रबार सार्वजनिक ड्र अनुसार सेमिफाइनलमा बार्सिलोना भ्यालेन्सियासँग खेल्ने भएको छ भने लेगानेजले सेभिल्लासँग खेल्ने भएको छ । 

बार्सिलोनाले स्पेनियोललाई पराजित गर्दै सेमिफाइनलमा पुगेको हो । बार्सिलोनाले २९ पटक कोपा डेल रेको उपाधि जितीसकेको छ भने ३९ पटक फाइनलमा पुगेको छ । 
त्यस्तै रियल म्याड्रिडलाई क्वाटरफाइनलमा पराजित गरेर सेमिफाइनलमा पुगेको लेगानेज पहिलो पटक प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो ।

त्यस्तै एथलेटिको म्याड्रिडलाई पराजित गरेर सेमिफाइनलमा पुगेको सेभिल्लाले अहिलेसम्म ५ पटक यो उपाधि जितेको छ भने ८ पटक फाइनलमा पुगेको छ । 

त्यस्तै सेमिफाइनल पुग्ने अर्को टिम भ्यालेन्सियाले अहिलेसम्म ७ पटक कोपाको उपाधि जितेको छ भने १६ पटक फाइनलसम्मको यात्रा तय गरेको छ ।

सेमिफाइनल खेलको पहिलो लिग आगामी जनवरी ३१ र दोस्रो लिग फेब्रुअरी ७ मा हुने छ । प्रतियोगिताको फाइनल खेल अप्रिल २१ मा हुने छ ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै