• २०८१ बैशाख १३ बिहीबार

भारतीयले नेपाली अदुवा निकासी रोकेपछि कृषक मारमा

kharibot

इलाम ।  भारतीय पक्षले नेपाली अदुवा निकासी रोकेपछि इलामका कृषक मारमा परेका छन् । 

भारतीय भन्सारले नेपाली अदुवा निकासी रोकेपछि इलामबाट झापाको काँकडभिट्टामा अदुवा लिएर गएका सयाँैं ट्रक अलपत्र परेका छन् । अदुवामा मिसावट भएको भन्दै भारतीय पक्षले नेपाली अदुवा निकासी रोकेको व्यापारीले बताएका छन् । 

अदुवा निकासी ठप्प भएपछि इलाम, पाँचथरका अदुवा कृषक चिन्तित् बनेका छन् । अदुवा लिएर काँडकभिट्टा पुगेका ट्रक अहिले धमाधम फिर्ता हुन् थालेका छन् । 

“भारतीय पक्षले विभिन्न बहाना बनाएर अदुवा निर्यातमा रोक लगाएको छ,” बिब्ल्याँटेका अदुवा व्यापारी कृष्ण पौडेलले भने– “भारतले बारम्बार अदुवा निकासी ठप्प पारेर किसान र व्यापारीलाई मारमा पारेको छ ।” नेपाली अदुवामा मिसावट नभएको उनको भनाइ छ । 

पटक÷पटक भारतले नेपाली अदुवा निकासीमा रोक लगाएपछि व्यापारी मारमा छन् । दुई महिनाअघि मात्रै चार गाडी अदुवा एकहप्ता काँकडभिट्टामा राखेर निकासीको पहल गर्दा नसकेपछि विर्तामोड गोदाममा ल्याएर राखिएको पौडेलले बताए । 

बिक्री हुने आशामा कृषकले धमाधम अदुवा खन्न थालेका छन् । अदुवा खनेर बिक्रीका लागि तयार गरेका फाकफोकथुम गाउँपालिका–२ का गोपीकृष्ण तिम्सिना अदुवा निकासी ठप्प भएपछि चिन्तित छन् । 

“भाउ पाइएला की भन्ने आशामा अदुवा खनियो, अदुवा निकासी ठप्प पा¥यो भन्ने सुनेपछि चिन्तित छु,” उनले भने-“निकासी खुलेन भने लाखौँंको अदुवा बारीमै सड्छ ।” गतवर्षभन्दा यसपाली मूल्य बढी पाइएला भनेर अधिकांश कृषकले प्रतिमन रु दुई हजारमा बीउ अदुवा खरिद गरेर रोपेका थिए । 

यसपाली अदुवा प्रतिमन रु ५०० सयदेखि रु ७ सयसम्म किनबेच हुँदै आएको छ । तर भारत निकासी ठप्प भएपछि ग्रामीण भेगमा अदुवा कारोबारनै ठप्प भएको स्थानीय व्यापारी इन्द्र अधिकारी बताउछन् । 

अदुवा उत्पादक तथा व्यवसायी संघका अध्यक्ष नरेन्द्र खड्काले भारतीय पक्षसँग तत्काल अदुवा निकासी सहज बनाउनका लागि पहल गर्न सरकारसँग माग गरेकाछन । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै