• २०८१ बैशाख ६ बिहीबार

नासाको 'मंगल खोज यान'ले मंगलग्रहबाट नयाँ सेल्फी पठायो !

kharibot

उत्तर अमेरिका । नासाको लोकप्रिय मंगल खोज रोभर (मार्स क्युरिओसिटी रोभर) ले मंगलग्रहबाट नयाँ सेल्फी पठाएको छ । सेल्फीमा रोभरको शीर्षभाग (हेड) देख्न सकिन्छ, जसको पृष्ठभूमिमा धूलोको बाक्लो सतह रहेको छ । 

‘आई एम ब्याक ! डिड यु मिस मि ?(म आएँ, सम्झिनुभएको थियो ?)’, उक्त रोभरको ट्विट (सामाजिक सञ्जाल टोलीबाट) । उक्त मंगल खोज यान सन् २०१२ को अगष्ट महिनाको ६ तारिखमा मंगलग्रहमा अवतरण भएको थियो ।

रातो ग्रह (रेड प्लानेट)को गेल क्रेटरमा सात मिनेट लगाएर सतहमा अवतरण गरेको उक्त यान २३ महिना लामो मिसनबाट त्यस ग्रहमा धेरै पहिले मानवीय जीवन रहे÷नरहेको अनुसन्धानका लागि पठाइएको थियो । उक्त यानले पुगेको आठ महिनापछि कार्य सुरु गरेको थियो । त्यहाँ रहँदा यानले मंगलग्रहका चट्टानहरुको नमूना संकलन आदि कार्य गर्ने गरेको छ । 

नासाले उक्त यानलाई सघाउन अन्य यान पनि मंगलग्रहमा पठाउने भएको छ । यसलाई मार्स इन्साइट ल्याण्डर नाम दिइएको छ भने मंगलबार मात्रै यसको परीक्षण गरिएको छ । यसलाई धेरैभन्दा धेरै काम गर्ने जिम्मा दिएको छ भने यसको कार्यावधि समेत थप गरेको छ ।

यो यानमा दुई पृथ्वी वर्षसम्म काम गर्नसक्ने सोलार राखिएको छ । नासाले मंगलग्रहको सतहको भित्री स्वरुपको बनावटको अब अनुसन्धान गर्ने भएको छ । जसअनुसार भित्री सतहमा चट्टानी तहको विकासबारे अध्ययन गरिनेछ ।

यसलाई आगामी मे ५ मा क्यालिफोर्नियाको भानडेनबर्ग एयर फोर्स बेसबाट प्रक्षेपण गरिनेछ । यदि यो उक्त दिन प्रक्षेपित भयो भने नोभेम्बर २६ मा मंगलग्रहमा अवतरण गर्नेछ । 

  • सीएनएनबाट अनुदित । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै