• २०८१ बैशाख १३ बिहीबार

आजदेखि राष्ट्रियसभा चुनावको आचारसंहिता लागू

kharibot

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य चुनावको लागि आचारसंहिता लागू गरेको छ ।

आयोगले आउँदो २४ गते हुने चुनावको लागि आजदेखि आचारसंहिता लागु गरेको हो ।

अब सरकार, प्रदेश सरकार, मन्त्री, स्थानीय तह, स्थानीय निकायका कर्मचारी, सरकारी तथा गैरसरकारी संस्था, सुरक्षा निकाय, दलका भातृ संगठन, उम्मेदवार तथा सम्बन्धीत निकाय, सञ्चारमाध्यमलगायतलाई आचारसंहिता लागू हुनेछ ।

आचारसंहिता लागू भएपछि कर्मचारीको सरुवा, बढुवा, नियुक्ति, अनुदान, सर्वेक्षण लगायत गतिविधि गर्न रोक लागेको छ । 

यस्तै विकास निर्माणका लागि भन्दै आकर्षक नयाँ कार्यक्रम थप गर्न, नयाँ बजेट बाँडफाँड र रकमान्तर समेत पाइने छैन ।

वार्षिक बजेट तथा कार्यक्रममा समावेश भएका कार्यक्रम सञ्चालन गर्न भने आचारसंहिताले नछुने निर्वाचन आयोगले जनाएको छ । कुनै अत्यावश्यक निर्णय गर्नैपर्ने भए निर्वाचन आयोगको पूर्वस्वीकृति लिनुपर्नेछ ।

जनप्रतिनिधिले नै चुनाव गर्ने भएकाले आचार संहित उल्लङघन नहुने अपेक्षा गरिएको आयोगका प्रवक्ता नवराज ढकालले बताए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै