• २०८१ बैशाख १२ बुधबार

उपहार भन्दै कर नतिरेपछि प्रियंका चोपडा छानबिनमा   

kharibot

मुम्बई । बलिवुडबाट हलिवुडमा स्थापित भएकी अभिनेत्री प्रियंका चोपडा कर छानबिनमा परेकी छ ।

टाइम्स अफ इंडियाका अन्सुआर प्रियंकाले करिब ६७ लाख बराबरका दुई लक्जरी सामान उपहार भएको कर नतिरेकोमा आय कर विभागले सो को कर तिर्नु पर्ने भन्दै निर्देशन दिएको छ ।

कर अपिल गर्ने अदालतमा प्रियंकाले उपहार भनेका दुई महंगा समानमा कर छुट दिन नमिल्ने भएपछि कर तिर्न आदेश दिएको बताइएको छ । प्रियंकाले उपहार भनेका दुई सामानमा एउटा ४० लाख भारतीय रुपिया बराबरको घडी रहेको र अर्को २७ लाख बराबरको टोयटा प्रिअस कार रहेको बताइएको छ ।  दुवै सामानको कर तिर्नु पर्ने भएको छ ।

आयकर विभागको घेरामा पर्ने प्रियंका पहिलो अभिनेत्री भने होइनन् । बलिवुडमा कैयौ अभिनेता अभिनेत्रीले उपहार भनेर विदेशमा किनेका महंगा सामनको कर तिर्न आनाकानी गरेको घटना बेला बेलामा सार्वजनिक हुने गरेको पाइन्छ । प्रियंकाले भने यसबारेमा आफ्नो धर्ना बाहिर ल्याएकी छैनन् ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै