• २०८१ बैशाख १४ शुक्रबार

ग्लोबल आइएमई बैंकको थप २ शाखारहित बैंकिङ्ग सेवा 

kharibot

काठमाडौँ  ।  ग्लोबल आइएमई बैंकले  बुधबारदेखि गुल्मी जिल्लाको छत्रकोट गाउपालिका वडा नं. ४, दिगाममा आफ्नो ६३औँ  तथा अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नं. ४ वाड्लामा ६४औ शाखारहित बैकिङ्ग सेवा सुरु गरेको छ । 

गुल्मी जिल्लाको छत्रकोट गाउपालिका वडा नं. ४, दिगाममा खोलिएको शाखारहित बैंकिङ्ग सेवाको लागि भगिरथ बहुउदेशिय सहकारी संस्था र अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नं. ४ वाड्लामा खोलिएको सेवाको लागि स्थानिय पशुपति भट्टाईलाई व्यवसायीक प्रतिनिधि नियुक्त गरिएको छ । 

कृषि र रेमिट्यान्स मुख्य आयस्रोत रहेका यि दुवै क्षेत्रका बासिन्दा बैंकिङ्ग सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई मध्यनजर गरि ग्लोबल आइएमई बैंकले ति स्थानहरुमा शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको हो । 

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले ११३ वटा शाखा, १२७  वटा एटिएम, ४ वटा एक्सटेन्सन काउण्टर, १४ वटा राजश्व संकलन काउण्टर र आजबाट ६४ शाखा रहित बैंकिङ्ग सेवा माफर्त आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दे आइरहेको छ ।

त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुुक्त भाईवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्टे«लिया, बेलायत र भारतमा प्रतिनिधि÷सम्र्पक कार्यालय स्थापना गरेर ति देशमा रहेका नेपालीहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ ।  त्यसैगरि बैंकले मलेसिया, दक्षिण कोरिया, कतार, युएई, बहराइन लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दै आइरहेको छ ।


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै