• २०८१ बैशाख १३ बिहीबार

अब काँग्रेस, माओवादी र मधेशबादीको सरकार निर्माण हुन्छ : नारायणमान बिजुक्छें

kharibot

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले काँग्रेस माओवादी र मधेशबादीको साझेदारीमा सरकार निर्माण हुन सक्ने बताएका छन् ।

रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै बिजुक्छेंले एमाले र माओबादीको पार्टी एकता सिदान्त भन्दा पदिय भागबण्डामा केन्द्रित बन्दै गएकाले यस्तो अवस्था देखिन सक्ने बताए ।

उनले काँग्रेसलाई पछि पार्न एमालेले माओवादीसँग सहकार्यता गरेको र माआवादी आफू चौंथो शक्तिकारुपमा आउने आँकलन पश्चात एमालेसँग सहकार्यता गरेको बताउँदै उनले भने हाल बामगठबन्धनमा पार्टी एकता भन्दा पनि पदिय भागबण्डाको बिषय उठानले प्रष्टाएको छ । 

उनले जब जब नेपाली काँग्रेस सरकारमा जान्छ तब तब नेपलाको सिमा मिचिन्छ यसको पछिल्लो उदारण  नेपाली लालपूर्जाको जग्गा रातारात भारतले आफ्नो भन्नु र त्यसालई सरकाले समेत सम्र्थन गर्नुले पुष्टि गरेको बताए । नेपाल सरकार र भारत सरकारको दोहोरो तलब खाएर काम गरेको केही कर्मचारीको समेत यसमा संलग्नता रहेको उनको दाबी छ । 

देउवा सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्यबृद्धि आफूले चुनाव ताका गरेको खर्च असुल गर्ने काम भएको समेत उनले बताए ।

माथिल्लो संसदको निर्वाचनको बिषयमा कुनै कानुनी प्रावधान नभएको र यसमा संबिधान बिपरित गएर काँग्रेस एमाले र माओवादीले आफ्नो अनुकुल ब्याख्या गरिरहेको समेत उहाँले बताए ।

प्रदेश सरकार नेपालीका लागि आर्थिक भार थेग्न नसक्ने अवस्था देखिएको बताउँदै बिजुक्छेंले बिगतमै यसका सम्पूर्ण पुर्वाधार तयार गर्न नसक्नुले अव झनै जटिलता देखिने बताए ।
नेपालमा चुनवाको परिणाम पश्चात गरिएको स्थिरता नितिमै सिमित बन्ने भन्दै बिजुक्छेंले नेपालमा राजनीतिक अस्थिरता फैलाएर फाईदा दिने बिदेशी एजेण्टहरुनै काँग्रेस माओवादी र एमाले भित्र भएकाले झनै अव देश गञ्जागोल तर्फ धकेलिने बताए ।

प्रदशेको राजधानीका बिषयमा जसरी आवाज उठिरहेका छन् यो पहिले देखिनै आफूहरुले भन्दै आएको बिषय भएको र संघिय संरचनामा देश प्रबेश पश्चात अबिकसित स्थानहरुको बिकास तर्फ ध्यान दिनु पर्ने भन्दै उनले सातै प्रदेशको राजधानी काठमाडौंमा  राख्नेहो भने यसको कुनै औचित्य नरहेको बताए ।

उनले तीन नम्बर प्रदेशको राजधानी भक्तपुर नभई हेटौंडा सारिएको बिषयमा जसरी राजनीतिक चरित्र बिर्सियर अपराधिक शैलीको बिरोध गर्नेहरु राजनीतिक पात्र नभएको भन्दै संघियतामा प्रवेश पश्चात अन्य स्थानको बिकास नचाहने र उपत्यकालाई सर्बपरि देख्ने गरि गरिएको अराजक अवस्थाको कुनै अर्थ नरहने बताए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै