• २०८१ बैशाख ५ बुधबार

बार्सिलोनामा स्पेनियोलविरुद्ध डेभ्यु गर्दै कोन्टिन्हो

kharibot

काठमाडौँ । लिभरपुलबाट बार्सिलोना आएका ब्राजिलियन प्लेमेकर फिलिप कोन्टिन्होले बार्सिलोनामा स्पेनियोलविरुद्ध डेभ्यु गर्ने भएका छन् ।

कोपा डेल रे को क्वाटरफाइनलको दोस्रो लिगमा बार्सिलोनाले कोन्टिन्होलाई पनि टिममा समावेश गरेको जानकारी दिएको छ । विश्वकै दोस्रो महँगो ट्रान्सफर शुल्क तिरेर भित्राएको बार्सिलोनाले इन्जुरीबाट रिकभर भइरहेका कोन्टिन्होको डेभ्यु हुनसक्ने बताएको छ । 

केहि दिन देखि बार्सिलोनाको टिमसँग प्रशिक्षणमा सहभागी भएका कोन्टिन्होले इन्जुरीबाट ठिक भएको संकेत गरेका थिए । थाइ इन्जुरीका कारण उनि बार्सिलोनामा डेभ्यु गर्न सकिरहेका छैनन् ।

यसैबीच बार्सिलोनामा कोन्टिन्होले जर्सी नम्बर १४ लगाउने भएका छन् । जाभियर मस्चेरानोले बार्सिलोना छोडेर चीन जाने भएपछि उनले लगाउदै आएको जर्सी नम्बर १४ कोन्टिन्होले लगाउने भएका हुन् । 

कोपा डेल रे को क्वाटरफाइनलको पहिलो लिगमा स्पेनियोलसँग १-० ले हारेको बार्सिलोना आज राति हुने दोस्रो लिगमा पुरा शक्ति लगाएर मैदानमा उत्रिन लागेको छ । प्रतियोगितामा रियल म्याड्रिड र एथलेटिको म्याड्रिडजस्ता ठुला टिम बाहिरिई सकेका कारण पनि बार्सिलोनाले आफ्नो पुरा शक्ति यस खेलका लागि लगाउन लागेको हो ।

सेभिल्ला, भ्यालेन्सिया र लेगानेज प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरिसकेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै