• २०८१ बैशाख ११ मंगलबार

कोपाबाट बाहिरियो रियल म्याड्रिड, ऐतिहासिक जितसँगै लेगानेज सेमिफाइनलमा 

kharibot

काठमाडौँ । रियल म्याड्रिड कोपा डेल रेबाट बाहिरिएको छ । 

गएराती घरेलु मैदानमा भएको खेलमा लेगानेजसँग २-१ गोल अन्तरले पराजित भएपछि समग्रमा २-२ गोल भएपनि लेगानेज अवे गोलको आधारमा सेमिफाइनलमा प्रवेश गरेको छ ।

पहिलो लिगमा रियल म्याड्रिड १-० ले विजयी भएको थियो । यस खेलमा खेलको ३१औ मिनेटमा लेगानेजका जाभियर इरासोले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । खेलको ४७औ मिनेटमा रियलका करीम बेन्जमाले गोल गर्दै खेल बराबरी गरेपनि खेलको ५५औ मिनेटमा लेगानेजका गाब्रियलले गोल गर्दै २-१ को अग्रता लिएका थियो । त्यसपछि खेलमा कुनै गोल बह्यें र लेगानेजले रियल लाई घरेलु मैदानमा ऐतिहासिक जित हासिल गर्न सफल भयो ।

यो हारसँगै रियल म्याड्रिडले घरेलु मैदानमा खेलेका पछिल्ला ५ मा तीन खेलमा हार बेहोरेको छ । लाल लिगामा १९ अंकले पछाडी परेको रियल म्याड्रिड थप संकटमा परेको छ । म्यानेजर जिनेदिन जिदानपनि यस सिजनको क्लबको प्रदर्शनले रियल छोड्न दबाब बढ्दै गएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् । 

यस खेलमा रियलका प्रमुख खेलाडीहरु क्रिस्टियानो रोनाल्डो र ग्यारेथ बेल अनुपस्थित रहेका थिए ।

पहिलो पटक कोपा डेल रे को क्वाटरफाइनलमा पुगेको लेगानेजले इतिहास बनाउदै प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।

यस अघि सेभिल्लाले एथलेटिको म्याड्रिडलाई पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ भने भ्यालेन्सियाले आल्भेजलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

क्वाटरफाइनलको अन्तिम खेल आज राति बार्सिलोना र स्पेनियोलबीच हुदै छ जसमा स्पेनियोल पहिलो लिगमा १-० ले अगाडी रहेको छ ।   

  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै