• २०८१ बैशाख १२ बुधबार

मन्त्रिपरिषदको बैठक: भूकम्प तथा बाढी पीडितलाई थप एक लाख अनुदान, ६५ वर्षमै बृद्ध भत्ता

kharibot

काठमाडौं । सरकारले भूकम्प तथा बाढी पीडितहरुलाई दिँदै आएको रकम बढाउने निर्णय गरेको छ ।

सरकारले भूकम्प तथा बाढी पीडितहरुलाई अनुदान स्वरुप दिँदै आएको रकममा १ लाख थप गर्ने निर्णय गरेको हो । 

बुधवार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले पीडितहरुलाई राहत स्वरुप दिँदै आएको रकम बढाउने विषयमा निर्णय गरेको सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिए ।

बैठकले सामाजिक परिचालकहरुले तालिम गरेबापत पाउने भत्तामालाई समेत बढाउने निर्णय गरेको छ ।

बैठकले यसअघि ७० वर्षको उमेरमा मात्र पाइने बृद्ध भत्ताको उमेर संख्यालाई सरकारले घटाएको छ । सरकारले अब ६५ वर्षको उमेर भन्दा बढीलाई बृद्ध भत्ता दिने निर्णय गरेको सूचना तथा सञ्चार मन्त्री मोहन बस्नेतले जानकारी दिए ।

आजको बैठकले ४ जना महासेनानीलाई बढुवा गर्ने समेत निर्णय गरेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै