थ्रीस्टार क्लब इटहरी गोल्डकपको फाइनलमा 

खरीबोट

फाइल तस्बिर

इटहरी । थ्रीस्टार क्लब इटहरीमा जारी मदन भण्डारी मेमोरियल इटहरी गोल्डकप फुटबलको फाइनल प्रवेश गरेको छ । 
बुधबार भएको सेमिफाइनल खेलमा निर्धारित समयमा दुवै टिमले १–१ गोलको बराबरी खेलेपछि खेल निर्णयका लागि टाइब्रेकरमा धकेलिएको थियो । 

खेलमा त्रिभुवन आर्मीका स्ट्राइकर नवयुग श्रेष्ठले खेलको २५ औँ मिनेटमा भरत खवासको पासलाई सदुपयोग गर्दै गोल गरेका थिए । 

पहिलो हाफ बराबरीमा सकिएपनि दोस्रो हाफको १२ औँ मिनेटमा थ्रीस्टारका मार्टिन्स अजयीले गोल गर्दै खेल बराबरीमा पुर्याए । त्यसपछि निर्धारित समयमा दुवै टिमबाट गोल हुन सकेन र खेल टाइब्रेकरमा पुग्यो । 

टाइबे्रकरमा थ्रीस्टारका बुद्ध चेम्जोङ्ग, निराजन खड्का, सुनिल बल, अनन्त थापा र धिजन सुब्बाले गोल गर्न सके भने आर्मीका तर्फबाट नवयुग श्रेष्ठ, सन्तोष तामाङ्ग र दीप लामाको प्रहार सही भयो तर अरिर विष्टको प्रहार बाहिरियो । 
आजको विजेताले मनाङमस्र्याङ्दी क्लब र भारतको गरिफा स्पोर्टिङ्ग क्लब कोलकाताबीच बिहीबार हुने दोस्रो सेमिफाइनलको विजेतासँग माघ १४ गते उपाधिको लागि भिडन्त गर्नेछ ।

सम्बन्धित समाचार

एसियन गेम्सको पुरूष फुटबलमा नेपाल पाकिस्तानसँग पनि पराजित

काठमाडौँ।  एसियन गेम्स अन्तर्गत पुरूष फुटबलको अन्तिम खेलमा नेपाल पाकिस्तानसँग पराजित भएको छ ।   इन्डोनेसियाको विभाहा मुक्ति रंगशालामा आज भएको खेलमा पाकिस्तान २-१ गोल अन्तरले विजयी भएको हो। खेलको ११औ

प्रतियोगिताबाट बाहिरिएका नेपाल र पाकिस्तान एशियन गेम्स फुटबलमा आज भिड्दै 

काठमाडौँ।  एसियन गेम्स अन्तर्गत पुरूष फुटबलको अन्तिम खेलमा नेपालले आज पाकिस्तानसँग खेल्दै छ ।  इन्डोनेसियाको विभाहा मुक्ति रंगशालामा हुने यो खेल दुवै टिमका लागि यस एशियन गेम्सको अन्तिम खेल हुने भएको

पेनाल्टी सुटआउटमा भुटानसँग पराजित हुदै नेपाल साफ यू–१५ मा चौथो

काठमाडौँ। भुटानमा जारी साफ यू–१५ महिला फूटबल च्याम्पियनसिपमा नेपालले चौथो स्थान हासिल गरेको छ ।  तेस्रो स्थानका लागि आज भएको खेलमा नेपाल भुटानसँग पेनाल्टी सुटआउटमा ४–३ ले पराजित हुँदै चौथो भएको

एशियन गेम्सको फुटबलमा नेपाल भियतनामसँग पराजित  

काठमाडौँ।  एसियन गेम्स अन्तर्गत पुरूष फुटबलको दोस्रो खेलमा नेपालले भियतनामसँग पराजित भएको छ । इन्डोनेसियाको विभाहा मुक्ति रंगशालामा विहिबार भएको खेलमा नेपाल २-० गोल अन्तरले पराजित भएको हो।  भियतनामको जितमा खेलको