• २०८१ बैशाख १३ बिहीबार

सुटिंगका क्रममा हलिवुड फिल्म डेडपूल-२ का स्टन्ट ड्राइभरको मृत्यु 

kharibot

काठमाडौँ । हलिवुड फिल्म डेडपूल-२ को सुटिंगको क्रममा स्टन्ट ड्राइभरको मृत्यु भएको छ ।

एक इनको सुटिंगको क्रममा उनको मृत्यु भएको बताइए पनि उनको नाम भने अझै खुलाइएको छैन । मोटरसाइकलको स्टन्टका बेला गलत दिशामा जाँदा उनको मृत्यु भएको बताइएको छ ।

प्रहरीले घटनाको पुष्टि गर्दै स्टन्ट ड्राइभरको मृत्यु भएको बताएको छ । सुटिंग गर्नु अघि चार पटक रिहर्सल गरिएको भएपनि दुर्घटना घटकको सुटिंग युनिटका सदस्यहरुले बताएका छन् ।

सन् २०१६ मा रिलिज भएको अमेरिकी सुपर हिरो फिल्म डेडपूल काल्पनिक कथा आधारित फिल्म हो । फिल्म जोकी मार्वलको कमिक्समा आधारित रहेको छ ।

डेविड लिचले निर्देशन गरेको डेडपूल-२ सन् २०१८ मा रिलिज हुदै छ । फिल्म रयान रेनोल्ड्स, मोरिना बक्रिन, जोश ब्रोलिन, ब्रियना हिल्ड़ेब्रान्डको मुख्य अभिनय रहेको छ  ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै