• २०८१ बैशाख ८ शनिबार

रुस्लान डीपीएल-२ का रणनीतिक खेलाडीको घोषणा, पारस खड्का विराटनगरबाट खेल्ने

kharibot

काठमाडौं । रुस्लान धनगढी प्रीमीएर लिग (डिपिएल) को दोस्रो संस्करणका लागि मार्की खेलाडी अर्थात रणनीतिक खेलाडीको बुधबार एक कार्यक्रमबाट सार्वजनीक गरेको छ ।

रणनीतिक खेलाडिका रुपमा खेलमा सहभागी हुने खेलले एक एक जना रहेका छन् । जसमा सहभागी टिम टिम चौराहा धनगढी, सीवाईसी अत्तरीया, महेन्द्रनगर युनाइटेड, रुपन्देही च्यालेन्जर्स, गोल्डेगेट एजुकेशन नेटवर्क, विराटनगर किंग्स सहभागी हुनेछन् ।

यी टिमहरुले ररणनीतिक खेलाडिका रुपमा टिम चौराहाले सोमपाल कामी,  सीवाईसी अत्तरीयाले दिपेन्द्रसिंह ऐरी, महेन्द्रनगर युनाइटेडले बिनोद भण्डारी, रुपन्देही च्यालेन्जर्सले शक्ति गौचन, गोल्डेन गेट एजुकेशन नेटर्वकले ज्ञानेन्द्र मल्ल र विराटनगर किंग्सले पारस खड्कालाई छानेका छन् । 

रणनीतिक खेलाडीका लागि हरेक टिमले पारश्रमिकस्वरूप न्युनतम २ लाख रुपैया दिनुपर्ने छ । 

कार्यक्रममा बोल्दै धनगडी क्रिकेट एकेडेमीका अध्यक्ष तथा कार्यक्रमका संयोजक सुवाश शाहीले गत बर्षको पहिलो संस्करण सफल भएको र त्यसले यो खेलको निरन्तर्तामा सहयोग पुर्याएको बताएका थिए ।

त्यस्तै कार्यक्रममा राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक जगत टमटाले नेपाली क्रिकेटका लागि अभियानकै रुपमा लागेर गत बर्षको पहिलो संस्करण सफल पारेकोमा अध्यक्ष शाहीलाई धन्यवाद दिदै यो प्रतियोगिता नयाँ खेलाडी जन्माउने माध्यम बनेको र यस्ता प्रतियोगिताले नेपालको क्रिकेट क्षेत्रले नयाँ उचाई लिने बताए ।

राष्ट्रिय टोलीका कप्तान पारस खड्काले यस्ता प्रतियोगिताले खेलाडीहरुमा नयाँ किसीमको जोस र जाँगर भर्ने तथा राष्ट्रिय क्रिकेटमा पनि सुधार ल्याउने विश्वास व्यक्ति गरे । 

रुस्लान डीपीएलमा सहभागी हुन् प्रत्येक टिमले एक लाख पचास हजारको रजिष्ट्रेशन शुल्क तिर्नु पर्नेछ भने हरेक टीमले १२ जना खेलाडी छनौटका लागि ११ लाख रुपैया सम्म खर्च गर्न पाउने सिमा तोकिएको छ । त्यस्तै हरेक टिममा धनगढीमा हुने ट्यालेन्ट हन्टबाट आएका सुदुरपश्चिमका एक खेलाडी अनिवार्य राख्नुपर्ने शर्त राखिएको छ । 

सहभागी टिमले २ जना विदेशी खेलाडी अनिवार्य रुपमा राख्नुपर्ने आयोजकले बताएको छ भने त्यो बढी राख्ने नराख्ने बारे निर्णय नभइसकेको बताएका छन् । भने विदेशी खेलाडीका लागि आइसीसीसँग समन्वयका भइरहेको शाहीले बताएका छन्.।

यस्तो छ पुरस्कार राशी 

रुस्लान डीपीएलको विजेता टोलीले २५ लाख र उपविजेताले १० लाख रुपैया तथा  ट्रफि पाउनेछन् । भने प्रत्येक खेलका म्यान अफ द म्याचले १० हजार तथा म्यान अफ द सिरीजले १८० सीसीको अपाचे मोटरसाइकल पाउनेछन् । खेलमा जम्मा पुरस्कार राशी ५० लाख हुने बताइएको छ । 

रुस्लान डीपीएल—२ धनगढीको मध्ये भागमा रहेका सेती अञ्चल प्रहरीको मैदानमा हुनेछ । भने टिकट दर लिग चरणको खेलमा ५० रुपैया, प्ले अफ खेलको ७० रुपैया र फाइनलमा भने १ सय लिइने आयोजकले जानकारी दिएका छन् ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै