• २०८१ बैशाख १३ बिहीबार

राप्रपा प्रवास विभागद्वारा स्पेनका लागि नवनियुक्त राजदुत रायमाझीलाई स्वागत तथा बधाई 

kharibot

काठमाडौँ ।  राष्ट्रिय प्रजातन्त्र पार्टी प्रवास विभागले स्पेनका लागि नवनियुक्त राजदुत रथी (अप्रा) भरतबहादुर रायमाझीलाई एक कार्यक्रमका बीच वधाई तथा शुभकामना व्यक्त गरेको छ । 

समारोहमा नवनियुक्त राजदुतलाई स्वागत गर्दै पार्टी प्रवास विभाग प्रमुख तथा केन्द्रीय सदस्य विजय खडकाले विदेशमा मुलुकको स्वाभिमान, नेपालीको पहिचान राजदुत रायमाझीको कार्यकालमा थप कसिलो र सशक्त बनोस् भन्ने शुभकामना व्यक्त गर्दै स्पेनमा रहेका नेपाली समुदायलाई उनको कार्यकालमा सहयोग पुग्ने बताए । 

सो अवसरमा राप्रपाका सहायक महामन्त्री तथा उपप्रधानमन्त्री कमल थापाका राजनैतिक सल्लाहकार राजाराम बर्तौला, राप्रपा (प्रवास) सहायक महामन्त्री प्रेमकुमार श्रेष्ठ, प्रवास युकेका विकाश चुँडालले राजदुतको  सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए । समारोहलाई सम्बोधन गर्दै राजदुत रायमाझीले दुई देशको सम्बन्ध थप कसिलो वनाउदै स्पेन संग व्यापार नयाँ प्रविधिमा साझेदारी गर्दै मुलुकको विकासमा योगदान गर्ने बताए । 

उक्त स्वागत समारोहमा राप्रपा केन्द्रीय सदस्य राजेन्द्र वहादुर अधिकारी तथा श्रृजनारानी वर्मा, सुशान्त प्रसाद भद्रा विभागका सदस्य श्रेया केसी, दिलकाजी गुरूङ, विमोचन पराजुली, सुचित्रा घिमिरे, दिपक नेपाल लगाएतको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा प्रवास विभाग सदस्य भरत चन्दले धन्यवाद ज्ञापन गरेका थिए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै