• २०८१ बैशाख ७ शुक्रबार

दुवै खुट्टा नभएका हरिबहादुरको सगरमाथा चढ्ने सपना 

kharibot

काठमाडौं । हिम्मत नहार्ने हो भने मान्छेसामु असफलताले घुँडा टेक्छ भन्ने लोकोक्ति रोल्पाथवाङका ३८ वर्षीय हरिबहादुर बुढाले प्रमाणित गरिदिएका छन् ।

छोराले बेलायती सेनामा जागिर खाला, फर्किएर आएपछि बुढेसकालमा सुखसँग रमाएर बस्ला भन्ने बाबुको सपना पूरा गर्नको लागि प्रवीणता प्रमणपत्र तह सकेर बेलायती सेनामा भर्ती भएका बुढामाथि सन् २०१० ताका एउटा सोच्दै नसोचेको बज्रपात आइ्पर्‍यो । 

जागिरको १५ वर्षपछि आजभन्दा ८ वर्षअघि अफगानिस्तानको हेलमान प्रान्तमा आक्रमणकारीको आक्रमणमा परी उनले दुवै खुट्टा गुमाउनुपर्यो । उनी सम्झन्छन्, ‘म त बरु जागिर सुरु गर्ने बेलामा मरिएला भन्ने सोचेको थिएँ तर, यसरी दुवै खुट्टा गुमाएर बस्नुपर्छ भन्ने लागेको थिएन ।’ दुवै खुट्टा गुमाएर थलिएपछि थप लडाइँमा जानु परेन । त्यसैले उनी बाँच्न सफल भए । यसरी बेलायती सेनामा लड्दै गर्दा अपांग भएका उनलाई अब जीवन जिउनको लागि कुनै समस्या थिएन ।

उनको मन त्यति शान्त थियो भने उनी अहिले रोल्पाको थवाङमा होस् या त राजधानी काठमाडौंमा नै किन नहोस् या त बेलायतको कुनै सहरमा नै ढुक्कसँग बसिरहेको हुनसक्थे । तर, उनी त्यसपछि झनै त्यति अशान्त बने कि उनलाई अन्य साधारण मान्छे र आफूमा केही फरक नभएको भान बढ्न थाल्यो र अरुले जस्तै साहसिक खेलहरुमा संलग्न हुनथाले । 

अहिलेसम्मको ८ वर्षको समयावधिमा आईपुग्दा सबै सामान्य मान्छेले जे गर्न नसकेका छन्, त्यो गरेको अनुभव बुढासँग छ । उनीसँग खुट्टा छैन तर उनीसँग आत्मविश्वास छ । त्यही आत्मविश्वासले उनी अरु मान्छे जस्तै गरी सामान्य रुपमा हिँड्डुल गरिरहेका छन् ।

मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी बुढाले आफू सगरमाथा चढ्ने तयारीमा रहेको जानकारी दिएका छन् । उनले सगरमाथा चढ्दै गर्दा उनले संयुक्त राज्य अमेरिकामा र साइप्रसमा स्काई डाईभिङ, अमेरिका, क्यानडा, जर्मनी, अस्ट्रिया र नेपालमा समेत यस अघि नै अल्पाईन स्किइङ समेत गरिसकेका छन् । नेपालमा स्किईङ गर्ने बुढा पहिला व्यक्ति हुन् । 

त्यस्तै, आर्चरीमा स्वर्ण पदक पाएका उनले ह्वीलचेयर टेवल टेनिस, अमेरिका र बेलायतमा इन्डोर तथा आउटडोरमा रक क्लाईम्बिङ, कायकिङ साईकिलिङ लगायतका खेलहरुमाउनले महत्वपूर्ण पदकहरु पाईसकेका छन् । माथिउल्लेखित सबै उपलब्धीहरु बुढाले दुबै खुट्टा गुमाईसकेपछिका हुन् । खुट्टा विहिनउनले गल्फ, ह्वीलचेयर बास्केटबल, हक्किकलिङ, प्याराग्लाईडिङ, राफ्टिङ र सिटिङ भलिबलमा पनि उनले खुट्टा गुमाइसकेपछि नै धेरै पदकहरु पाइसकेका छन् । 

सगरमाथाआरोहणमा १८ महिनादेखिको पूर्व तयारी 
उनी सगरमाथाआरोहणका लागि १८ महिनादेखि पूर्व तयारीमा छन् । यस अघि २०१६ मा सूर्य कुण्ड हिमाल नेपाल, बेन नेभिस स्कटल्याण्ड, माउन्ट ब्ल्याडक फ्रान्स हुदै नेपालको थोराङलापाससम्म पुगिसकेका छन् । उनीयी सबै हिमालहरुको आरोहण गरिसकेपछि हिमाल चढ्नको लागि सक्षम भइसकेको बताउँछन् ।

सरकारको नीतिले समस्या
उता सरकारको अपांगता भएकाहरुलाई सगरमाथा चढ्न नदिने निर्णय गरेपछि सरकारको यो निर्णयले उनीमाथि समस्या भने सिर्जना गराएको छ । नेपाल सरकारको पर्वतारोहणसम्बन्धी नियमावलीको पाँचौं संशोधनले दुवै हात खुट्टा नभएको तथा दुवै आँखा देख्न नसक्नेलाई सगरमाथा आरोहण गर्नबाट वञ्चित गराएको छ । सरकारको यो निर्णयले बुढालाई सगमाथा चढ्नको लागि कानुनी समस्या हुने भएको भए पनि उनको यो सगरमाथायात्राले धेरै अपांगता भएका व्यक्तिहरुलाई प्रोत्साहन मिल्ने भएकोले सरकारले यसमा केही लचक बन्नुपर्ने उनको तर्क छ । 

अपांगताभएकालाई आत्मविश्वास, पर्यटनको प्रवर्द्धन 
बुढाले आफ्नो सगरमाथा यात्रा अपांगता भएका व्यक्तिहरुको लागि प्रोत्साहन र नेपालको पयटन प्रवद्र्धनको लागि सहायकसिद्ध हुने दाबी गरेका छन् । उनले ३ लाख ५० हजार डलर कुल लगानीमा आफू हिमाल चढ्नलागेको बताएका छन् । उनले आफूले हिमाल चढ्दा १४ जना शेर्पाहरु साथमा लैजाने पनि बताएका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै