• २०८१ बैशाख ११ मंगलबार

फेक न्युजको विज्ञापनलाई रोक्न फेसबुकले किन्यो सफ्टवेयर कम्पनी 

kharibot

काठमाडौ । फेसबुकले फेक न्युज र फेक विज्ञापनलाई कन्ट्रोल गर्न परिचयपत्र प्रमाणित गर्ने सफ्टवेयर कम्पनि खरिद गरेको छ ।

रोयटर्सका अनुसार बस्टन सफ्टवेयर नाम गरेको कम्पनीलाई फेसबुकले किनेको हो । यस कम्पनीले फेसबुकमा विज्ञापन गर्ने व्यक्ति वा कम्पनीको सहि पहिचान गरी फेक न्युजलाई कन्ट्रोल गर्ने फेसबुकको अभियानलाई मद्धत गर्ने बताइएको छ ।

फेसबुकमा विश्वभर खासगरी निर्वाचनसँग सम्बन्धित विज्ञापनमा ठुलो विवाद हुदै आएको छ । २०१६ मा सम्पन्न अमेरिकी राष्ट्रपति निर्वाच मा फेसबुकको सहयोगमा रसियाले निर्वाचनआमा प्रभाव पारेको भन्ने विषय अहिले पनि अमेरिकामा ठुलो विवादको विषय रही आएको छ ।

बस्टन सफ्टवेयरले अनलाइनमा सुरक्षित कारोबार गर्ने विषयमा काम गर्दै आएको र यसले ७५० भन्दा बढी कम्पनीहरुलाई सेवा दिदै आएको रोयटर्सले उल्लेख गरेको छ ।

फेसबुकमा अहिले ६० लाख भन्दा बढी विज्ञापनदाता रहेका छन् । बोस्टन सफ्टवेयरले फेसबुकलाई कसरी मद्धत गर्छ भन्ने बारे विस्तृतमा नखुलाइएको भएपनि यसले विज्ञापनदाताले अनलाइन भुक्तानी गर्दा परिचय प्रमाणित गर्ने र फेक तथा गैरकानुनी विषयलाई पत्तालगाई त्यस्ता विषयलाई फेसबुकमा प्रतिबन्ध लगाउन मद्धत गरें बताइएको छ ।
  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै