• २०८१ बैशाख ११ मंगलबार

एथलेटिकोलाई हराउदै सेभिल्ला कोपा डेल रेको सेमिफाइनलमा

kharibot

काठमाडौँ । एथलेटिको म्याड्रिड कोपा डेल रे बाट बाहिरिएको छ । गएराती भएको खेलमा एथलेटिको सेभिल्लासँग दोस्रो लिगमा ३-१ गोल अन्तरले पराजित हुदै समग्रमा ५-२ को हार सहित कोपा डेल रे बाट बाहिरिएको हो ।

सेभिल्लाले आफ्नो घरेलु मैदानमा ९ खेलमा अपराजित यात्रा कायम राख्दै कोपा डेल रेको सेमिफाइनलमा प्रवेश गरेको छ ।

खेलको २४ सेकेन्डमा सेभिल्लाका लागि सर्जियो एस्कुडेरोले गोल गर्दै सुरुवाती अग्रता दिलाएपनी बार्सिलोना जाने चर्चामा रहेका एथलेटिकोका एन्टोनी ग्रीजम्यानले खेलको १३औ मिनेटमा गोल गर्दै खेल बराबरी गरेका थिए ।

सेभिल्लाले खेलको ४८औ मिनेटमा बनेगाको पेनाल्टीको मद्धतले खेलमा २-१ को अग्रता हासिल गरेको थियो भने सेभिल्लाको लागि तेस्रो गोल पाब्लो साराबियाले खेलको ७९औ मिनेटमा गरेका थिए ।

यो जित सँगै सेभिल्ला कोपा डेल रे को यस सिजनको सेमिफाइनलमा पुग्ने पहिलो टिम बनेको छ ।     
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै