एथलेटिकोलाई हराउदै सेभिल्ला कोपा डेल रेको सेमिफाइनलमा

खरीबोट
ad

काठमाडौँ । एथलेटिको म्याड्रिड कोपा डेल रे बाट बाहिरिएको छ । गएराती भएको खेलमा एथलेटिको सेभिल्लासँग दोस्रो लिगमा ३-१ गोल अन्तरले पराजित हुदै समग्रमा ५-२ को हार सहित कोपा डेल रे बाट बाहिरिएको हो ।

सेभिल्लाले आफ्नो घरेलु मैदानमा ९ खेलमा अपराजित यात्रा कायम राख्दै कोपा डेल रेको सेमिफाइनलमा प्रवेश गरेको छ ।

खेलको २४ सेकेन्डमा सेभिल्लाका लागि सर्जियो एस्कुडेरोले गोल गर्दै सुरुवाती अग्रता दिलाएपनी बार्सिलोना जाने चर्चामा रहेका एथलेटिकोका एन्टोनी ग्रीजम्यानले खेलको १३औ मिनेटमा गोल गर्दै खेल बराबरी गरेका थिए ।

सेभिल्लाले खेलको ४८औ मिनेटमा बनेगाको पेनाल्टीको मद्धतले खेलमा २-१ को अग्रता हासिल गरेको थियो भने सेभिल्लाको लागि तेस्रो गोल पाब्लो साराबियाले खेलको ७९औ मिनेटमा गरेका थिए ।

यो जित सँगै सेभिल्ला कोपा डेल रे को यस सिजनको सेमिफाइनलमा पुग्ने पहिलो टिम बनेको छ ।     
 

सम्बन्धित समाचार

बार्सिलोनाले लगातार चौथो पटक जित्यो कोपा डेल रेको उपाधि 

काठमाडौं । कोपा डेल रेको उपाधि बार्सिलोनाले लगातार चौथो पटक जितेको छ । गएराती भएको फाइनल खेलमा सेभिलालाई ५-० ले पराजित गर्दै लगातार चौथो पटक उपाधि जितेको हो । क्लबका म्यानेजर

कोपा जित्न अर्को औला भाच्न तयार छु – इभान राकीटिक 

काठमाडौँ । बार्सिलोनाले आज राति कोपा डेल रेको फाइनलमा सेभिलाको सामना गर्दै छ । यसअघि लगातार तीन पटक कोपाको उपाधि जितेको बार्सिलोनाले चौथो पटक उपाधि जित्ने पुरा तयारी गरेको छ

मैले मेसीलाई फाउल हाने भने म अर्जेन्टिना फर्किन सक्दिन – सेभिला डिफेन्डर मेर्काड़ो 

काठमाडौँ । शनिबार बार्सिलोना र सेभिलाबीच हुने कोपा डेल रेको फाइनल खेलको चर्चा सुरु भएको छ ।  च्याम्पियन्स लिगको घाउलाई बिर्सेर बार्सिलोना कोपाको उपाधि जित्न आफ्नो सारा शक्ति लगाउने तयारी गरेको

ला लिगामा आज बार्सिलोना भालेन्सियासँग खेल्दै, अबको निशाना ला लिगा र कोपा डेल रे

काठमाडौँ । च्याम्पियन्स लिगबाट अप्रत्याशित रुपमा बाहिरिएपछि स्पेनिस क्लब बार्सिलोनाको अबको निशाना ला लिगा र कोपा डेल रे रहेको छ । बार्सिलोनाले ला लिगाको उपाधि लगभग जितिसकेको छ तर जित सुनिस्चित

Loading...

Loading...