सीपमूलक सामूहिक उद्धार तालीम सम्पन्न

खरीबोट

फाइल फोटो ।

काठमाडौँ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जको आयोजनामा सञ्चालित सीपमूलक सामूहिक उद्धार तालीम सम्पन्न भएको छ । 

तालीम व्यवस्थापन महाशाखा सामाखुशीमा सञ्चालित तालिमका प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गर्दै महाशाखाका प्रमुख नारायणसिंह खड्काले प्रशिक्षण आफैँमा साध्य नभई साधन मात्र भएकाले प्रशिक्षणको समयमा दिइएका ज्ञान सीप कार्यक्षेत्रमा सहयोगी हुने बताए । 

उनले प्रशिक्षणमा हासिल गरेका कुरालाई व्यवहारमा लागू गर्न सबैलाई आग्रहसमेत गरे । माघ २ गतेदेखि सञ्चालित एकहप्ते तालिममा ३० जना प्रशिक्षार्थीको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार

महानगरीय प्रहरी परिसर काठमाडौंमा पोखरेल आए, धानुक गए

काठमाडौँ / महानगरीय प्रहरी परिसर, काठमाडौँका प्रमुखका रुपमा वरिष्ठ प्रहरी उपरीक्षक विश्वराज पोखरेलले आजदेखि कार्यभार सम्हालेका छन्  ।  प्रहरी प्रधान कार्यालयले यसअघिका परिसरका प्रमुख, वरिष्ठ प्रहरी उपरीक्षक रवीन्द्र धानुकको आइतबार सरुवा गर्दै उनको

मंगलबार शिवरात्रि, कहाँ सवारी चलाउने, कहाँ नचलाउने ? यस्तो छ प्रहरीको सवारी व्यवस्थापन

काठमाडौँ (रासस) / महानगरीय ट्राफिक प्रहरी महाशाखाले शिवरात्रि पर्वलाई लक्षित गरेर सवारी व्यवस्थापन योजना निर्माण गरेको छ । महाशाखाले भोलि पशुपतिनाथ मन्दिरमा दर्शन गर्न आउने भक्तजनलाई सहज रुपमा दर्शन गरी फर्कने वातावरण

प्रहरी जनमुखी, पारदर्शी र संविधानअनुरुप चल्नुपर्नेमा जोड

पोखरा । प्रदेश प्रहरी कार्यालय पोखराको नवनिर्मित सुविधासम्पन्न भवन आज उद्घाटन गरिएको छ ।  नेपाल सरकार, भौतिक पूर्वाधार विकास कार्यक्रमअन्तर्गत करीव रु चार करोड ४८ लाखको लागतमा बनेको सो तीनतले पक्की

‘दरबारमार्ग होटल बलात्कार घटनामा प्रहरीको कमजोरी’

काठमाडौँ । दरबारमार्गस्थित एक होटलमा यही माघ ७ गते भएको सामूहिक बलात्कारको घटनाका सम्बन्धमा प्रहरीद्वारा गठित छानबिन समितिले घटनामा प्रहरीको समेत कमजोरी देखिएको प्रतिवेदन तयार पारेको छ । महानगरीय प्रहरी परिसर,