बाजुराबाट संबिधानसभा चुनावमा स्वतन्त्र उम्मेद्वार बनेका गिरीले गरे आत्महत्या 

खरीबोट

बाजुरा । बाजुराको कैलाशमाण्डुमा एक व्यक्तिले मन्दीर भित्रै झुण्डीएर आत्महत्या गरेका छन् ।

त्रिवेणी नगरपालिका — ७ मा कैलाशमाण्डुको डाडाँकमा रहेको आफ्नै आस्थाले बनाएको मन्दीरमा देव गिरीले मंगलबार बिहान मन्दीर भित्रै झुण्डीएको अवस्थामा फेलापरेको जिल्ला प्रहरी कार्यालय बाजुराका डिएसपी अर्जुन रानाभाटले जानकारी दिए ।

स्थानीयले भने ‘हिजो राती नौ बजेतिर आफ्ना पशु चौपायालाई गोठमा बाधेर आगोलगाएर पशुचौपाया पनि मारेका छन् । आफ्नो मृत्यु निश्चत भन्दै घरपरिवार र आफन्तलाई समेत फोन सम्पर्क गरेका थिए ।

भने पछि उनका काठमाडौंमा रहेका जेठा छोराले प्रहरी कार्यालयमा फोन गरेर जानकारी दिएका थिए । डिएसपी रानाभाटले सम्पर्क गर्दा फोन नलागेपछि अनुसन्धानका लागि प्रहरी टोली पठाउदा घटना स्थलतिर पठाएको हुँ ।

प्रहरी टोली पुग्दा उनी आफैले बनाएको मन्दीर भित्रै झुण्डीएको अबस्थामा फेला पारेका हुन्,’ रानाभाटले भने । स्थानीएका अनुसार उनी घरपरिवार बाट एक्लै बस्थे । भने, अहिले उनको लासलाई पोष्ट मार्टमका लागि जिल्ला अस्पताल लगिएको छ ।

गिरी २०७० सालको निर्वाचनमा स्वतन्त्रबाट उम्मेद्वार बनेका थिए । भने अहिले उनी सन्यासी रुप धारण गरी एक्लै बस्दै आएका थिए । 

सम्बन्धित समाचार

बाजुराका जोखिम बस्तीको सर्वेक्षण हुदै

बाजुरा । शहरी तथा भवन डिभिजन कार्यालय डोटीले बाजुराका नौ स्थानीय तहका साविकका अधिकांश गाविसमा बस्ती विकास कार्यक्रमका लागि पहिलो चरणको सर्वेक्षण गरेको छ ।  जोखिममा रहेका गाउँपालिका तथा नगरपालिकाका साविकका

बाजुराबाट संबिधानसभा चुनावमा स्वतन्त्र उम्मेद्वार बनेका गिरीले गरे आत्महत्या 

बाजुरा । बाजुराको कैलाशमाण्डुमा एक व्यक्तिले मन्दीर भित्रै झुण्डीएर आत्महत्या गरेका छन् । त्रिवेणी नगरपालिका — ७ मा कैलाशमाण्डुको डाडाँकमा रहेको आफ्नै आस्थाले बनाएको मन्दीरमा देव गिरीले मंगलबार बिहान मन्दीर भित्रै

बाजुराका स्वास्थ्य संस्थामा औषधि अभाव

बाजुरा । स्थानीय तहमा हस्तान्तरण भएपछि बाजुराका स्वास्थ्य संस्थामा औषधि अभाव भएको छ ।  नेपाल सरकारले तोकेका ८० प्रकारका निःशुल्क औषधि स्थानीय तहले खरिद गर्न नसेकेका कारण स्वास्थ्य संस्थामा औषधिको अभाव

एनआईसी एशिया बैंकको बाजुरा शाखाको मार्तडीमा उद्घाटन सम्पन्न

काठमाडौँ । एनआईसी एशिया बैंकलको बाजुरा शाखाको आज उद्घाटन गरिएको छ ।  अति दुर्गम तथा ग्रामिण भेगमा समेत आफ्नो सेवा बिस्तार गर्ने रणनीति अन्तरगत यस बैंक र युके एडको लगानीमा सञ्चालित