• २०८१ बैशाख ७ शुक्रबार

यस्तो छ म्यानचेस्टर युनाइटेडमा जर्सी नम्बर ७ को लिगेसी, सफल होलान् त सान्चेज ? 

kharibot

काठमाडौँ । म्यानचेस्टर युनाइटेडमा जर्सी नम्बर ७ को विशेष महत्व रहेको छ । विश्वकै ठुलो क्लबमा खेल्ने कुनै पनि फुटबल खेलाडीको सपना नै हुने गर्दछ । विश्वको सबै भन्दा धेरै कमाई गर्ने फुटबल क्लब म्यानचेस्टर युनाइटेडले पछिल्ला बर्षहरुमा सोचेजस्तो प्रदर्शन नगरेपनि क्लबका प्रत्येक विषय विश्वभर समाचारका हेडलाइन बन्ने गर्दछन् । 

हालै युनाइटेडले आर्सनलबाट चिलीका स्ट्राइकर एलेक्सिस सान्चेजलाई भित्राएको छ । युनाइटेडमा सर्वाधिक पारिश्रमिक पाउने गरी आएका सान्चेज जर्सी नम्बर ७ का कारणले पनि चर्चामा रहेका छन् । युनाइटेडमा जर्सी नम्बर ७ लगाएका खेलाडीहरु  जर्ज बेस्ट, इरिक कान्टोना, डेभिड बेकहम, क्रिस्टियानो रोनाल्डोजस्ता खेलाडीहरुले क्लबमा छोडेको लिगेसीका कारण अहिले सान्चेजलाई दबाब बढेको छ ।

युनाइटेडमा जर्सी नम्बर ७ को कुरा गर्दा सबै भन्दा अगाडी जर्ज बेस्टको नाम आउछ । बेस्ट प्रिमिय्र्ल इग्मा ६ पटक लगातार धेरै गोल गर्ने खेलाडी बनेका थिए । स्वर्गीय बेस्टले युनाइटेडका लागि १९६३ देखि १९७४ सम्म खेलेका थिए । उनले युनाइटेडमा ३६१ खेल खेल्दै कुल १३७ गोल गरेका थिए । उत्तरी आयरल्याण्डका बेस्ट युनाइटेडलाई दुई लिग उपाधि, एक युरोपियन कप जिताएका थिए ।

युनाइटेडमा जर्सी नम्बर ७ को कुरा गर्दा अर्का चर्चित फुटबलर इरिक कन्टानाको नाम आउछ । कन्टानाले युनाइटेडमा सन् १९९२ देखि १९९७ सम्म १४३ खेल खेल्दै ६४ गोल गरेका थिए । युनाइटेडमा हुँदा उनको चर्चित कम्फु काण्ड लिगको इतिहासमा अहिले पनि चर्चित छ । उनलाई रातो कार्ड पाएर टनेलमा जाँदै गर्दा फ्यानले गाली गरेपछि फ्यानलाई कम्फु स्टाइलमा किक हानेपछि उनलाई जेल जाने सजाय सुनाइएको थियो । पछि उनको अपिललाई स्वीकार गर्दै १२० घन्टाको सामाजिक सेवा गर्ने सजाय सुनाइएको थियो ।

युनाइटेडमा जर्सी नम्बर ७ लाई अझ चर्चित बनाउने श्रेय इङल्याण्डका खेलाडी डेभिड बेकहमलाई जान छ । फुटबलमा उनको फ्रिकिक स्किल र व्यक्तिगत प्रभावका कारण बेकहम इराले युनाइटेडलाई जर्सी नम्बर ७ को महत्व झन् बढायो । बेकहमले युनाइटेडमा सन् १९९२ देखि २००३ सम्म २६५ खेल खेल्दै ६२ गोल गरेका थिए । युनाइटेडमा बेकहमले ६ प्रिमियर लिग उपाधि, एक च्याम्पियन्स लिग उपाधि, २ एफए कप उपाधि, २ कम्युनिटी सिल्ड, एक इन्टरकन्टिनेन्टल कपको उपाधि जितेका थिए ।

बेकहम पछि युनाइटेडमा जर्सी नम्बर ७ मा देखा परे पोर्चुगलका क्रिस्टियानो रोनाल्डो । रोनाल्डोले बेकहमको जर्सी नम्बर ७ को लिगेसीलाई कायम मात्र राखेनन् यसलाई झन् उचाईमा पुर्याए । रोनाल्डोले युनाइटेडमा २००३ देखि २००९ सम्म १९६ खेल खेल्दै ८४ गोल गरेका थिए । रोनाल्डो म्यानचेस्टर युनाइटेडबाट बेलुन डो अर जित्ने पहिलो खेलाडी हुन् । उनले युनाइटेडबाट तीन पटक प्रिमियर लिग, एक पटक च्याम्पियन्स लिग, एक पटक एफए कप, दुई पटक लिग कप, एक पटक कम्युनिटी सिल्ड र एक पटक क्लब विश्वकपको उपाधि जितेका छन् । त्यति मात्रै होइन रोनाल्डो २००९ मा विश्वको सबै भन्दा महँगो खेलाडी हुदै रियल म्याड्रिड गएका थिए ।

युनाइटेडको जर्सी नम्बर ७ मा रोनाल्डो पछि माइकल ओवेन, एन्टोनियो भ्यालेन्सिया, एंगल डी मारिया, मेम्फिस डिपे जस्ता खेलाडीले खेले तर उनीहरुले कान्टोना, बेकहम, रोनाल्डोको उचाई प्राप्त भने गर्न सकेनन् । 

अहिले यहि लिगेसी बोकेको जर्सी नम्बर ७ एलेक्सिस सान्चेजले लगाउने भएका छन् । २०१४ मा बार्सिलोनाबाट आर्सनल आएका सान्चेजले आर्सनलमा कुल १६५ खेल खेलेका छन् भने ८० गोल गरेका छन् । यस अघि बार्सिलोनामा १४१ खेल खेल्दै ४७ गोल गरेका सान्चेजले आफ्नो राष्ट्रिय टिम चिलीका लागि अहिलेसम्म ११९ खेल खेल्दै ३९ गोल गरेका छन् । सान्चेजले युनाइटेडको जर्सी नम्बर ७ को लिगेसी कति राख्छन् त्यो आगामी दिनमा नै थाहा हुनेछ ।       
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै