• २०८१ बैशाख १३ बिहीबार

ग्लोबल आइएमई बैंकको थप २ शाखारहित बैंकिङ्ग सेवा गुल्मीमा 

kharibot

गुल्मी । ग्लोबल आइएमई बैंकल मङ्गलबारदेखि गुल्मी जिल्लाको मुसीकोट नगरपालिका वडा नं. ५, आँपचौरमा आफ्नो ६१औँ  तथा सोहि नगरपालिकाको वडा नं. ५, भुवाचिदीमा ६२आँै शाखारहित बैकिङ्ग सेवा सुरु गरेको छ ।

उक्त शाखारहित बैकिङ्ग सेवाहरुको समुद्घाटन मुसीकोट नगरपालिकाको मेयर सोमनाथ सापकोटाले छुट्टाछुट्टै समारोहका बीच उद्घाटन गरेका छन् । आँपचौरमा खोलिएको सेवाको लागि स्थानिय सुमन खरेल तथा भुवाचिदीमा खोलिएको सेवाको लागि स्थानिय सागर सापकोटा व्यवसायीक प्रतिनिधि नियुक्त गरिएको छ । 

कृषि र रेमिट्यान्स मुख्य आयस्रोत रहेका यि दुवै क्षेत्रका बासिन्दा बैंकिङ्ग सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई मध्यनजर गरि ग्लोबल आइएमई बैंकले ति स्थानहरुमा शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको हो । 

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले ११३ वटा शाखा, १२७  वटा एटिएम, ४ वटा एक्सटेन्सन काउण्टर, १४ वटा राजश्व संकलन काउण्टर र आजबाट ६२ शाखा रहित बैंकिङ्ग सेवा माफर्त आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दे आइरहेको छ । त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुुक्त भाईवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्टे«लिया, बेलायत र भारतमा प्रतिनिधि÷सम्र्पक कार्यालय स्थापना गरेर ति देशमा रहेका नेपालीहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ ।  

त्यसैगरि बैंकले मलेसिया, दक्षिण कोरिया, कतार, युएई, बहराइन लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दै आइरहेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै