• २०८१ बैशाख १४ शुक्रबार

गाईको घिउ किन महंगोमा बिक्छ ? यस्ता छन् उपयोगिताहरु 

kharibot

गाईको घिउ अन्य घिउको तुलनामा महंगोमा बिक्छ । केवल खानका लागि मात्र नभएर औषधिका रुपमा तथा नेपाल तथा भारतमा त धार्मिक दृष्टिकोणले पनि अत्यधिक महत्वको रुपमा समेत गाईको घिउलाई लिइन्छ ।

गाईको घिउ हाम्रो शरीरको लागि एक औषधिजस्तै छ । जो हामीलाई धेरै रोगहरुबाट मुक्त गर्छ । गाईको घिउ नियमित खाँदा शरीरको तौल स्थिर रहन्छ भने शरीरमा शक्तिm पनि बढ्छ । यो बाहेक गाईको घिउ मानसिक स्वास्थ्य र छालाको लागि पनि फाइदाजनक हुन्छ ।

गाईको घिउमा यस्ता कैयौं माइक्रोन्यूट्रिअन्ट्स हुन्छन्, जसमा क्यान्सरजस्ता रोगहरुसँग लड्ने क्षमता हुन्छ । वैज्ञानिकहरु गाईको घिउमा विषहरण गर्नसक्ने क्षमता भएको तत्व हुने बताउँछन् जसले क्यान्सर रोग लाग्नबाट समेत बचाउउँछ । 

त्यस्तै शरीरमा शक्ति बढाउनमा गाईको घिउ निकै लाभकर छ । माइग्रेन (टाउको दुख्ने) रोगका पीडितले यसको नियमित प्रयोग गर्नुपर्छ । साथै यसले रक्तचाप पनि कम गर्छ । यसमा स्थिर संतृप्त बान्डहरु अधिक हुनछन् र जसमा फ्रि रेडीकल्स निस्किने शंका अलि कम हुनछ । घीउाको फ्याक्टीक एसिडलाई शरीर समयमै पाचन गर्छ । जसले पाचन शक्ति स्थिर राख्न सहयोग गर्छ । 

त्यस्तै आँखाको समस्याको कतिपय समस्यामा गाईको घिउको प्रयोग गर्नुले सहयोग पुर्याउँछ । त्रिफला र महसँगै गाईको घिउ मिसाएर खाँदा आँखालाई फाइदा पुग्छ ।  यसबाहेक खानामा बिहान—बेलुका खादा दिमागको विकास हुन्छ ।

गाईको घिउमा सबैखाले पोषक र हाम्रो शरीरका लागि फाइदा गर्ने तत्व पाइने भएकाले गाईको यसले हामीलाई स्वस्थ राख्न मद्दत गर्छ ।
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै