• २०८१ बैशाख १४ शुक्रबार

काँग्रेसले टुंग्यायो प्रदेश नम्बर ४, ५, ६ र ७ बाट राष्ट्रियसभाका उम्मेदवार (सूचीसहित)

kharibot

काठमाडौँ । नेपाली कांग्रेसले प्रदेश नम्बर ४,५, ६ र ७ बाट राष्ट्रिय सभाका चार चार जना उम्मेदवारको टुंगो लगाएको छ ।

बालुवाटारमा बसेको संसदीय समितिसहितको शीर्ष नेताहरुको बैठकले राष्ट्रिय सभाका चार प्रदेशका उम्मेदवारको टुंगो लगाएको हो । बाँकी प्रदेशका उम्मेदवार पनि अजि टुंगाउने तयारीमा काँग्रेस बैठक जारी रहेको छ ।

प्रदेश नम्बर ४ बाट सुरेन्द्रराज पाण्डे (खुला), बृन्दा राना मगर (महिला), जीतबहादुर नेपाली (दलित), प्रकाश पन्त (अपांग/अल्पसंख्यक) बाट उम्मेदवार बन्ने भएका छन्।

प्रदेश नम्बर ५ बाट दुर्गाप्रसाद उपाध्याय (खुला), अनिता देवकोटा (महिला), मैकुलाल बाल्मीकि (दलित) र लुटबहादुर खत्री (अपाङग्ता) बाट उम्मेदवार बन्ने भएका छन्।

त्यस्तै प्रदेश ६ बाट कालिकोटका विष्णु बहादुर शाही (खुला), जुम्लाका सूर्यदेवी मल्ल (महिला), सल्यानका सिताराम विके (दलित), र गोपाल प्रसाद शर्मा  (अपांग/अल्पसंख्यक) बाट उम्मेदवार बनाएको छ ।

यसअघि सोमबार बसेको संसदीय समिति बैठकले प्रदेश नम्बर ७ को उम्मेदवार टुंगो लगाएको थियो ।

प्रदेश ७ बाट खुलामा बद्री पाण्डे (बाजुरा), महिलामा तारादेवी भट्ट (कञ्चनपुर), दलितमा सेरिराम पार्की (बैतडी) र अपांगतामा छत्रराज जोशी (कैलाली)लाई उम्मेदवार बनाउने निर्णय बैठकले गरेको हो । पाण्डे पार्टी केन्द्रीय सदस्य हुन् । 

आगामी माघ २४ गते हुने राष्ट्रिय सभा निर्वाचनको मनोनयन दर्ता भोलि बुधबार हुदै छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै