• २०८१ बैशाख ७ शुक्रबार

काँग्रेसले प्रदेश नम्बर ६ बाट राष्ट्रियसभा उम्मेदवार टुंगायो, को को परे ?

kharibot

काठमाडौँ । नेपाली कांग्रेसले प्रदेश नम्बर ४,६ र ७ बाट राष्ट्रिय सभाका चार चार जना उम्मेदवारको टुंगो लगाएको छ ।

राष्ट्रिय सभाका थप उम्मेदवार टुंगो लगाउन संसदीय समितिसहितको शीर्ष नेताहरुको बैठक बालुवाटारमा जारी छ ।

प्रदेश ६ बाट कालिकोटका विष्णु बहादुर शाही (खुला), जुम्लाका सूर्यदेवी मल्ल (महिला), सल्यानका सिताराम विके (दलित), र गोपाल प्रसाद शर्मा  (अपांग/अल्पसंख्यक) बाट उम्मेदवार बनाएको छ ।

यस अघि काँग्रेसले आजै प्रदेश नम्बर ४ र मंगलबार प्रदेश नम्बर ७ बाट ४-४ जना उम्मेदवार छनौट गरेको छ ।

प्रदेश नम्बर ४ बाट सुरेन्द्रराज पाण्डे (खुला), बृन्दा राना मगर (महिला), जीतबहादुर नेपाली (दलित), प्रकाश पन्त (अपांग/अल्पसंख्यक) बाट उम्मेदवार बन्ने भएका छन्।
यसअघि सोमबार बसेको संसदीय समिति बैठकले प्रदेश नम्बर ७ को उम्मेदवार टुंगो लगाएको थियो ।

प्रदेश ७ बाट खुलामा बद्री पाण्डे (बाजुरा), महिलामा तारादेवी भट्ट (कञ्चनपुर), दलितमा सेरिराम पार्की (बैतडी) र अपांगतामा छत्रराज जोशी (कैलाली)लाई उम्मेदवार बनाउने निर्णय बैठकले गरेको हो । पाण्डे पार्टी केन्द्रीय सदस्य हुन् । 

आगामी माघ २४ गते हुने राष्ट्रिय सभा निर्वाचनको मनोनयन दर्ता भोलि बुधबार हुदै छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै