• २०८१ बैशाख १२ बुधबार

मरेको दुई महिनापछि कफिनबाट शव झिक्दा बौद्ध भिक्षु मुस्कुराए ! 

kharibot

तस्बिर : AsiaWire / Facebook / Mirror UK

पूर्वी एसिया । तस्बिरमा देखिएअनुसार एक जना मृत बौद्ध भिक्षुलाई मरेको दुई महिनापछि उनको शव निकाल्दा मुस्कुराइरहेको भेटिएका छन् । दुई महिनाअघि नोभेम्बर १६ मा थाइल्याण्डको राजधानी बैंककमा ९२ वर्षको उमेरमा बौद्ध भिक्षु लुआंग फोर पियानको मृत्यु भएको थियो । 

कम्बोडियाका भए पनि थाइल्याण्डमै धेरै समय बिताएका उनी आध्यात्मिक र बौद्ध सम्प्रदायका गुरुको रुपमा मध्य थाइल्याण्डको लोपबुरीमा रहेका थिए । जब उनको मृत्यु भयो । उनको पार्थिव शरीरलाई मन्दिरमा पुर्नका लागि लगिएको थियो । 

यो हप्ता मात्रै उनका शिष्यहरुले उनको शरीर कफिनबाट परम्परागत बौद्ध मान्यताअनुसार निकालेका थिए । 

तर जब उनको शव त्यहाँबाट निकालियो, पूरै माटिन सुरु गरे पनि उनी भने मुस्कुराइरहेका भेटिए । यसले सबैलाई अचम्म बनायो । उनको सम्मानका लागि भेला भएका भीडमा पियान मुस्कुराएका थिए । जुन सबैलाई आश्चर्य लाग्यो । 

भीडका केहीले उनी मुस्कुराएको तस्बिर समेत खिच्न भ्याए । जुन फोटो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । 

कतिपयले यसलाई पियानले निर्वाण प्राप्त गरेको भनी उल्लेख गरेका छन् । 

उनी दिवंगत भएको १००औँ दिनमा उनको अन्तिम संस्कार गरिनेछ । 

  • मिरर युकेबाट । 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै