• २०८१ बैशाख ७ शुक्रबार

काँग्रेसबाट प्रदेश नम्बर ४ मा राष्ट्रियसभाका उम्मेदवार तोकियो, को को परे ?

kharibot

काठमाडौँ । नेपाली कांग्रेसले प्रदेश नम्बर ४ बाट राष्ट्रियसभाका ४ उम्मेदवारको टुंगो लगाएको छ।

राष्ट्रिय सभाका थप उम्मेदवार टुंगो लगाउन काँग्रेस संसदीय समितिको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ।

प्रदेश नम्बर ४ बाट सुरेन्द्रराज पाण्डे (खुला), बृन्दा राना मगर (महिला), जीतबहादुर नेपाली (दलित), प्रकाश पन्त (अपांग/अल्पसंख्यक) बाट उम्मेदवार बन्ने भएका छन्।

यसअघि सोमबार बसेको संसदीय समिति बैठकले प्रदेश नम्बर ७ को उम्मेदवार टुंगो लगाएको थियो ।

प्रदेश ७ बाट खुलामा बद्री पाण्डे (बाजुरा), महिलामा तारादेवी भट्ट (कञ्चनपुर), दलितमा सेरिराम पार्की (बैतडी) र अपांगतामा छत्रराज जोशी (कैलाली)लाई उम्मेदवार बनाउने निर्णय बैठकले गरेको हो । पाण्डे पार्टी केन्द्रीय सदस्य हुन् । 

आगामी माघ २४ गते हुने राष्ट्रिय सभा निर्वाचनको मनोनयन दर्ता भोलि बुधबार हुदै छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै