काँग्रेसबाट प्रदेश नम्बर ४ मा राष्ट्रियसभाका उम्मेदवार तोकियो, को को परे ?

खरीबोट

काठमाडौँ । नेपाली कांग्रेसले प्रदेश नम्बर ४ बाट राष्ट्रियसभाका ४ उम्मेदवारको टुंगो लगाएको छ।

राष्ट्रिय सभाका थप उम्मेदवार टुंगो लगाउन काँग्रेस संसदीय समितिको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ।

प्रदेश नम्बर ४ बाट सुरेन्द्रराज पाण्डे (खुला), बृन्दा राना मगर (महिला), जीतबहादुर नेपाली (दलित), प्रकाश पन्त (अपांग/अल्पसंख्यक) बाट उम्मेदवार बन्ने भएका छन्।

यसअघि सोमबार बसेको संसदीय समिति बैठकले प्रदेश नम्बर ७ को उम्मेदवार टुंगो लगाएको थियो ।

प्रदेश ७ बाट खुलामा बद्री पाण्डे (बाजुरा), महिलामा तारादेवी भट्ट (कञ्चनपुर), दलितमा सेरिराम पार्की (बैतडी) र अपांगतामा छत्रराज जोशी (कैलाली)लाई उम्मेदवार बनाउने निर्णय बैठकले गरेको हो । पाण्डे पार्टी केन्द्रीय सदस्य हुन् । 

आगामी माघ २४ गते हुने राष्ट्रिय सभा निर्वाचनको मनोनयन दर्ता भोलि बुधबार हुदै छ ।
 

सम्बन्धित समाचार

राष्ट्रियसभाका समितिको निर्वाचन सर्यो, अब भदौ १३ गते हुने 

काठमाडौँ। राष्ट्रियसभाअन्तर्गत गठित चार विषयगत समितिको निर्वाचन भदौ ३ गते निर्धारण गरिएकामा अब भदौ १३ गते बिहान ११ बजे हुने भएको छ ।  राष्ट्रियसभाको आज बसेको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले निर्वाचन

राष्ट्रियसभाको सुशासन समितिले अर्थमन्त्री खतिवडालाई बोलायो 

काठमाडौं । संसदीय समितिले दिगो विकाससम्बन्धी कार्ययोजनाबारे अर्थमन्त्री डा. युवराज खतिवडासँग छलफल गर्ने भएको छ । दिगो विकास तथा सुशासन समितिको मंगलबार बसेको बैठकले अर्थमन्त्री डा. खतिवडालाई भदौ १ गते बोलाउने

राष्ट्रियसभाका समितिहरुको सभापति भदौ ३ गते चयन हुने

काठमाडौँ। राष्ट्रियसभाको विषयत समितिहरुको सभापति आगामी भदौ ३ गते चयन हुने भएका छन् ।  राजधानीको नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा आज बसेको राष्ट्रियसभाको बैठकमा अध्यक्ष गणेश तिमिल्सिनाले भदौ ३ गते आइतबार

राष्ट्रिय सभामा चार विधेयक पेश

काठमाडौँ । राष्ट्रियसभाको सोमबारको बैठकमा विभिन्न विषयका चार विधेयक पेश भएका छन् । पेश भएका विधेयकमा ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०७५’, ‘अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी (पहिलो संशोधन)