• २०८१ बैशाख १३ बिहीबार

निर्माण व्यवसायी गौचनलाई गोली हान्ने पक्राउ, अर्को शुटर अझै फरार

kharibot

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले निर्माण व्यवसायही महासंघका अध्यक्ष शरदकुमार गौचनलाई गोली हान्ने मुख्य शुटरलाई पक्राउ गरेको छ ।

सीआईबीका अनुसार गौचनमाथि गोली हान्ने श्यामबहादुर गोम्बे पक्राउ परेका हुन् । 

गत असोज २३ मा आफ्नै घरबाट निस्केको केही बेरमा गौचनमाथि गोली प्रहार गरिएको थियो । गौचनलाई गोली हान्ने गोम्बे पक्राउ परे पनि अर्को एक जना शुटर अमरबहादुर राणा भने अझै पक्राउ पर्नसकेका छैनन् ।

प्रहरीले यसअघि नै हत्याको योजना बनाउने समिरमान सिंह बस्नेतसहित ११ जनालाई पक्राउ गरिसकेको छ । 

यस्तै गत पुस ४ गते रुपन्देही, देवदह खैरहनीमा दुर्गा तिवारीलाई गोली प्रहार गरी हत्या गरेको  घटनामा समेत गोम्बेको प्रत्यक्ष रुपमा संलग्नता भएको  सीआईबीले जनाएको छ । 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै