• २०८१ बैशाख ८ शनिबार

रियल म्याड्रिड र बार्सिलोनालाई पछि पर्दै म्यानचेस्टर युनाइटेड बन्यो धेरै कमाउने क्लब 

kharibot

काठमाडौँ ।  युरोपका चर्चित फुटबल लिगमा गत सिजन सबै भन्दा धेरै इङलिश प्रिमियर लिग क्लब म्यान्चेस्टर युनाइटेडले कमाई गरेको छ ।

डिलोइट्टी मनि लिगले सार्वजनिक गरेको रिपोर्टमा युनाइटेडले स्पेनिस महारथी टिम रियल म्याड्रिड र बार्सिलोनालाई पछि पार्दै धेरै कमाई गर्ने टिम बनेको हो ।

गत सिजनमा म्यानचेस्टर युनाइटेडले ५८१ मिलियन पाउण्ड कमाई गरेको छ भने स्पेनिस क्लब रियल म्याड्रिडले ५७९ मिलियन पाउण्ड कमाई गरेको छ । त्यस्तै गत सिजनमा बार्सिलोनाले ५५७ मिलियन पाउण्ड कमाई गर्दै तेस्रो स्थानमा रहेको छ । २०१५-१६ सिजनमा दोस्रो स्थानमा रहेको बार्सिलोना गत सिजनमा तेस्रो स्थानामा झरेको छ ।

त्यस्तै जर्मनी क्लब बायर्न म्युनिख ५०५ मिलियन पाउण्ड कमाई गर्दै चौथो स्थानमा रहेको छ । सूचिको पाचौ स्थानमा प्रिमियर लिग क्लब म्यान्चेस्टर सिटी रहेको छ । सिटीले ४५३ मिलियन पाउण्ड कमाइ गरेको छ । त्यस्तै छैठौ स्थानमा आर्सनल रहेको छ । आर्सनलले ४१९ मिलियन पाउण्ड कमाई गरेको छ । 

फ्रान्सको पिएसजी सातौ स्थानमा रहदै ४१७ मिलियन पाउण्ड कमाई गरेको छ भने चेल्सीले ३६७ मिलियन पाउण्ड कमाई गर्दै आठौ स्थानमा रहेको छ ।

सूचिको नवौ स्थानमा लिभरपुल रहेको छ । लिभरपुलले ३६४ मिलियन पाउण्ड कमाइ गरेको छ भने दशौ स्थानमा इटालियन क्लब युभेन्टस रहेको छ । युभेन्टसले ३४८ मिलियन पाउण्ड कमाई गरेको छ ।

गत सिजनमा धेरै कमाई गर्ने क्लबको सुचिमा टप १० मा ५ क्लब प्रिमियर लिगबाट रहेका छन् भने स्पेनबाट दुई, जर्मनी, फ्रान्स र इटालीबाट एक एक क्लब रहेका छन् । त्यस्तै टप २० को सुची हेर्दा १० प्रिमियर लिग क्लब धेरै कमाउने टप २० भित्र परेका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै