• २०८१ बैशाख ८ शनिबार

एलेक्सिस सान्चेज म्यानचेस्टर युनाइटेड गएको घोषणा 

kharibot

काठमाडौँ ।  आर्सनलबाट खेल्ने चिलियन स्ट्राइकर एलेक्सिस सान्चेज अन्तत म्यानचेस्टर युनाइटेड गएकाछन् । 

म्यान्चेस्टर सिटी जाने लगभग तय भएको अवस्थामा युनाइटेड आगाडी आएपछि सिटी पछाडी हटेको थियो । सान्चेज युनाइटेड जानेबारे युनाइटेडले आधिकारिक घोषणा गरेको छ । 

युनाइटेडमा सान्चेजले यस अघि डेभिड बेहकम, क्रिस्टियानो रोनाल्डोले लगाएको जर्सी नम्बर ७ लगाउने भएका छन् । युनाइटेड टिभीसँग कुरागर्दै सान्चेजले ऐतिहासिक ७ नम्बर जर्सी पाउदा आफ्नो सपना पुरा भएको बताएका छन् । 

युनाइटेडले सान्चेजलाई भित्राउन आफ्ना मिडफिल्डर हेनरिक मखितारयनलाई आर्सनल पठाएको छ । युनाइटेले हेनरिकका अलावा आर्सनललाई ३५ मिलियन पाउण्ड दिने सहमति भएको छ ।

साथै सान्चेजले युनाइटेडमा ४ लाख ५० हजार पाउण्ड प्रतिसाता पारिश्रमिक पाउने गरी सम्झौता भएको बताइएको छ । उनि युनाइटेडमा सर्वाधिक पारिश्रमिक पाउने खेलाडी बनेका छन् । 

२०१४ मा बार्सिलोनाबाट आर्सनल आएका सान्चेजले आर्सनलमा कुल १६५ खेल खेलेका छन् भने ८० गोल गरेका छन् । यस अघि बार्सिलोनामा १४१ खेल खेल्दै ४७ गोल गरेका सान्चेजले आफ्नो राष्ट्रिय टिम चिलीका लागि अहिलेसम्म ११९ खेल खेल्दै ३९ गोल गरेका छन् ।

आर्सनलमा हुँदा सान्चेजले दुई एफए कप र एक कम्युनिटी सिल्ड जितेका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै