• २०८१ बैशाख १३ बिहीबार

अमेरिकी बजेट विवाद अन्त्य, सरकारी कार्यालय सुचारु 

kharibot

वाशिंगटन । अमेरिकामा जारी बजेट विवाद समाप्त भएको छ । प्रमुख पार्टी रिपब्लिकन र डेमोक्र्याटबीच अस्थाई बजेट पास गर्ने सहमति भएपछि अमेरिकी संघीय सरकार ‘शट डाउन’ खुल्ने भएको हो ।

अमेरिकी सिनेटमा सोमबार भएको मतदानमा ८१ का विरुद्ध १८ भोटले अस्थाई बजेट पास भएपछि बजेट विवाद अन्त्य भएको सिएनएनले जनाएको छ ।
अब अस्थाई बजेटमा अमेरिकी राष्ट्रपतिले लालमोहर लगाएपछि बजेट समस्याको अन्त्य हुने बताइएको छ ।

यस अघि अस्थाई बजेटका बारेमा अमेरिकी प्रतिनिधिसभामा भएको मतदानमा बजेटका पक्षमा ५० र विपक्षमा ४९ मत परेको थियो । रिपब्लिकन पाँच सिनेटरले बजेटको विपक्षमा उभिएका थिए भने पाँच डेमोक्रयाट् सिनेटरले पक्षमा मतदान गरेका थिए । बजेट पारितका लागि ६० सिनेटरले सर्मथन गर्नुपर्दछ । यसअघि बिहिबार भने तल्लो सदन ‘हाउस’ले बजेटलाई पारित गरेको थियो ।

प्रवासीहरुलाई अमेरिकाबाट निकाल्ने विवाद बढेपछि यसको असर बजेटमा परेको थियो । डेमोक्रेटहरुले ७ लाख भन्दा बढी प्रवासीहरुलाई आवश्यक कागजात नभएपनि अमेरिकामा नै बस्न दिनु पर्ने बताएका छन् । तर राष्ट्रपति डोनाल्ड ट्रम्पले गत सेप्टेम्बरमा प्रवासहरुलाई निकाल्ने घोषणा गरेका थिए । यद्यपी अमेरिकी कांग्रेससँग यसको विकल्प खोज्न मार्च सम्मको समय रहेको बताइएको छ ।

आप्रबासी एजेण्डाबारे बहस भईरहेकै बेला, गत साता राष्ट्रपति ट्रम्पले हैटी, अफ्रिका लगायतका देशबाट आप्रबासी ल्याईएको बिषयमा आपत्तीजनक शब्दले आलोचना गरेपछि, डेमोक्रयाटिक पार्टीका सिनेटर एवम कंग्रेसम्यानहरु ट्रम्प प्रति रिसाएका थिए ।

बजेट पास नभएपछि २१ लाखको हाराहारीमा रहेका संघीय सरकारका कर्मचारीहरु मध्ये करिब ३० प्रतिशत प्रभावित हुनेछन । जसमा अमेरिकी सेना पनि समावेश छ । यस अघि सन २०१३ मा सरकार बन्द हुदाँ, करिब आठ लाख कर्मचारी तलबको अभावमा १६ दिनका लागि कर्मचारीलाई छुट्टी दिइएको थियो । 

यस्तो अवस्थामा आधा आधी डिर्पामेन्टहरु काम गर्न असमर्थ हुने बताईएपनि अत्यावश्यक सेवा मानिने सुरक्षा, हवाई ट्राफिक, हुलाक, स्वास्थ्य सेवा, संकटकालीन उद्वार सेवाहरु भने सुचारु हुने गर्दछन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै