• २०८१ बैशाख १३ बिहीबार

समृद्धिका आवश्यकतालाई नेतृत्व वर्गले बोध गर्नुपर्छ : नेता चन्द

kharibot

काठमाडौँ । पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले मुलुकको राष्ट्रियता बलियो बनाउने कुरा र जनताको समृद्धिका आवश्यकतालाई नेतृत्व वर्गले बोध गर्नुपर्ने बताएका छन् । 

लिडरसिप एकेडेमीको आयोजनामा भएको राष्ट्रिय युवा नेतृत्व अध्ययन कार्यक्रमको आज शुभारम्भ गर्दै उनले जनताको सेवालाई केन्द्रमा राखेर अबका नेतनेत्रीले नेतृत्व क्षमताको विकास गर्नुपर्नेमा जोड दिए । 

नेपाली काँग्रेसकी नेत्री चित्रलेखा यादवले नेतृत्वले जनचाहनालाई केन्द्रमा राख्नुपर्ने र सही निर्णय गर्नसक्ने क्षमता हुनुपर्ने बताए । नेकपा माओवादी केन्द्रकी नेत्री कमला रोक्का र नेकपा एमालेकी नेत्री रत्ना गुरुङले नेपालका राजनीतिक दलको नेतृत्व वर्गमा उदीयमान नेतानेत्रीलाई अवसर दिनुपर्छ भन्ने सोचको अभाव रहेको अनुभव सुनाएका थिए । 

अमेरिकास्थित युनिभर्सिटी अफ सान डिएगो क्रक स्कुल एण्ड क्रक इन्स्टिच्युट फर पिस एण्ड जस्टिस नामक संस्थाको सहयोग रहेको उक्त कार्यक्रममा पहाड, हिमाल र तराई क्षेत्रबाट २५ देखि ४० वर्षसम्मका २८ प्रतिनिधि सहभागी छन् ।

प्रशिक्षार्थीलाई सहयोग तथा मार्गदर्शनका लागि अनुभवी नेता तथा विशेषज्ञले प्रशिक्षण दिनेछन् । तीन तीन महिनाका अवधिमा हिमाल, पहाड र तराई क्षेत्रमा कार्यक्रम हुनेछ । दोस्रो कार्यक्रम हिमाली क्षेत्र, तेस्रो कार्यक्रम पहाडी क्षेत्र र चौथो कार्यक्रम तथा समापन तराई क्षेत्रमा हुनेछ । 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै