• २०८१ बैशाख ७ शुक्रबार

मेसी र स्वरेजले गरे ला लिगाका १५ टिमले भन्दा बढी गोल 

kharibot

काठमाडौँ । स्पेनिस ला लिगामा बार्सिलोनाका लियोनेल मेसी र लुइस स्वरेजको जादु यस सिजनमा निकै चलेको छ । 

गएराती भएको रियल बेटिसविरुद्धको खेलमा दुवैले २-२ गोल गर्दै बार्सिलोनाको विजय यात्रा कायम राखे । यस सिजनमा दुवैले गरेको गोललाई हेर्दा ला लिगामा मेसी र स्वरेजले भन्दा धेरै गोल केबल तीन टिमले गरेका छन् ।

मेसीले अहिलेसम्म ला लिगामा १९ र स्वरेजले १५ गोल गरेका छन् । दुवैको गोल संख्या ३४ रहेको छ ।

मेसी र स्वरेजको गोल संख्या भन्दा धेरै यस सिजनमा तीन ला लिगा टिमले गोल गरेका छन् । जसमा भ्यालेन्सियाले ४१, रियल म्याड्रिडले ३९ र सेल्ट भिगोले ३५ गोल गरेका छन् । त्यस्तै रियल सोसिड्याडले ३४ गोल गरेको छ । अन्य १५ टिमले ला लिगाको यस सिजनमा गरेको कुल गोल मेसी र स्वरेजको भन्दा कम रहेको छ ।

बार्सिलोनाले भने यस सिजनमा ला लिगामा ५७ गोल गरेको छ । 

यस सिजनमा गोल्डेन बुटका प्रमुख दाबेदार रहेका मेसी र स्वरेजलाई पछ्याउदै सेल्टा भिगोका लस असपास रहेका छन् । उनले ला लिगामा १२ गोल गरेका छन् । 

२० खेलमा ५४ अंक सहित ला लिगामा शिर्ष स्थानमा रहेको बार्सिलोना दोस्रो स्थानमा रहेको एथलेटिको म्याड्रिड भन्दा ११ अंकले अगाडी रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै