• २०८१ बैशाख ८ शनिबार

एनआईसी एशिया बैंकको नयाँ शाखा धुलाबारी र काकरभिट्टामा उदघाटन

kharibot

काठमाडौँ ।'एनआईसी एशिया बैंकको २ नयाँ शाखाहरु, मेचिनगर नगरपालिका वडा नं. १०, झापा स्थित काकरभिट्टा र मेचिनगर नगरपालिका वडा नं. ०६, झापा स्थित धुलाबारीमा औपचारिक रुपमा समुद्घाटन समपन्न भएको छ ।

मेचीनगर नगरपालिकाका मेयर विमल आचार्यबाट धुलाबारी शाखा र काकरभिट्टा शाखाको औपचारिक रुपमा समुद्घाटन सम्पन्न भएको हो ।

शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एन आई सी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक हो । उल्लेखित २ शाखा कार्यालयहरुको समुद्घाटन सँगै हाल यस बैंकले अधिराज्यभर १५७ शाखा कार्यालयहरु, १४६ एटिएम एवंम् ४ एक्स्टेन्सन  काउन्टरहरुबाट ग्राहक महानुभावहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ ।

बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै