• २०८१ बैशाख ८ शनिबार

तरुण दलले जिल्ला अध्यक्षहरुको भेला गर्दै 

kharibot

काठमाडौँ । काँग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले जिल्ला अध्यक्षहरुको भेला गर्ने भएको छ । 

तरुण दलका महामन्त्री भुपेन्द्रजंग शाहीले एक विज्ञप्ति जारी गर्दै माघ २८ र २९ मा तरुण दलका जिल्ला अध्यक्षहरुको भेला भक्तपुरमा आयोजना गर्न लागेको जानकारी दिएका छन् । 

विज्ञप्तिमा काँग्रेसको नेतृत्वमा संविधान जारी भइ सोहि संबिधानको व्यवस्था अनुसार स्थानीय, प्रदेश र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएको परिस्थितिमा समसामयिक राजनीतिको समिक्षा, तरुण दलको भावी रणनितिको विषयमा छलफल गर्न भेला बोलाइएको शाहीले उल्लेख गरेका छन् । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै