• २०८१ बैशाख १२ बुधबार

ग्लोबल आइएमई बैंकद्वारा बेलायतमा सम्पर्क कार्यालय स्थापना 

kharibot

काठमाडौं । ग्लोबल आइएमई बैंकले आइतबारदेखि संयुक्त अधिराज्य बेलायतकोे एल्डरसट ह्याम्पशायरमा सम्पर्क कार्यालय स्थापना गरेको छ । नेपालको वाणिज्य बैंकले बेलायतमा सम्पर्क कार्यालय विस्तार गरेको यो नै पहिलोपटक हो । 

एल्डरसटमा स्थापना गरिएको सम्पर्क कार्यालयको उद्घाटन नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले गरेका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै गभर्नर डा. नेपालले नेपालमा सञ्चालित वाणिज्य बैंकहरुमध्ये ग्लोबल आइएमई बैंकले पहिलोपटक संयुक्त अधिराज्य बेलायतमा सम्पर्क कार्यालय खोल्न सफल भएकोमा बधाई ज्ञापन गरे । 

सम्पर्क कार्यालय स्थापनाले नेपाल र बेलायतका व्यवसायीबीच व्यापारिक र लगानी प्रवद्र्धन जस्ता विषयमा सहजता ल्याउने बैंकले विश्वास लिएको छ । यसबाहेक आफ्नो सेवाबाट बेलायतमा रहेका विद्यार्थी तथा अन्य कामको लागि पुगेका नेपाली लाभान्वित हुने बैंकले जनाएको छ ।

बैंकले यसअघि अष्टे«लियाको सिड्नी तथा भारतको नयाँ दिल्लीमा सम्पर्क कार्यालय खोलिसकेको छ । उक्त तीन देशबाहेक अन्य मुलुकहरुमा पनि सम्पर्क कार्यालय खोलिने बैंकले जनाएको छ । बैंकको हाल  ११३ वटा शाखा, १२७ एटिएम, ४ वटा एक्सटेन्सन काउण्टर १४ वटा राजस्व संकलन काउण्टर ६० शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा रहेका छन् । बैंकले हाल कोरिया र भारतबाट सबैभन्दा बढी रेमिट्यान्स नेपालमा भित्रयाउन सफल भएको जनाएको छ । बैंकले मलेसिया, कतार, युएई, बहराइन लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दै आइरहेको छ । 

कार्यक्रममा बेलायतका लागि नेपाली राजदुत डा. दुर्गा बहादुर सुवेदीको पनि उपस्थिति थियो । उनले बैंकले देशबाहिर पनि सेवा प्रदान गर्न थालेकामा प्रशंसा गर्दै बैंकको प्रगतिको कामना गरे । उद्घाटन समारोहमा बोल्दै ग्लोबल आइएमई बैंक लि.का अध्यक्ष चन्द्र प्रसाद ढकालले बैंकले बेलायतमा सम्पर्क कार्यालय खोलेर हासिल गरेको नयाँ उपलब्धिले नेपालको आर्थिक विकासमा नयाँ तरङ्ग ल्याउने विश्वास व्यक्त गरे ।

उनले बैंकले देशभित्र ७ वटै प्र्रदेशमा आफ्नो सेवा विस्तार गरिसेकेको र देश बाहिर पनि अन्य धेरै मुलुकहरुमा आफ्नो सम्पर्क÷प्रतिनिधि कार्यालयहरु सञ्चालन गरेर सेवा प्रदान गर्ने बताए । उनले नेपालमा लगानीको लागि प्रशस्त सम्भावनाहरु रहेकोले लगानीका लागि बेलायतस्थित व्यवसायीहरुलाई आग्रह समेत गरे ।

उक्त समारोहमा बेलायतको एल्डरसटस्थित काउन्सिल लिडर डेभिड क्लिफोर्ड, मेयर अफ रुसमो ब्रो सोफिया चौधरी, काउन्सिलर एलेक्स क्रफोर्ड र काउन्ट्री काउन्सिलर बिल विदर्सलगायतले कार्यक्रममा मन्तव्य राख्दै बैंकलाई शुभकामना दिएका थिए । 

कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै बैकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले सम्र्पक÷प्रतिनिधि कार्यालय विस्तारमा सहयोग पुर्याउने सबैलाई धन्यवाद दिएका थिए । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै