• २०८१ बैशाख ७ शुक्रबार

सेयर सूचक र कारोबार दुवै घटे

kharibot

काठमाडौं । नेप्से आज सामान्य अंकले घटेको छ । मध्याह्नसम्म सामान्य अंकले बढेको भए पनि अन्तिम समयमा आएर नेप्से शून्य दशमलव ५८ अंकले घटेर १४ सय दुुई दशमलव नौ विन्दुुमा झरेको छ । यसैगरी सेन्सिटिभ शून्य दशमलव एक अंकले घटेर दुुई सय ९६ विन्दुुमा झरेको छ ।

एक सय ६३ कम्पनीहरुको तीन हजार नौ सय ३३ वटा कारोबारमा नौ लाख ५४ हजार छ सय ३० कित्ता सेयर खरिद बिक्री भएकाछन । उक्त परिमाणमा सेयर खरिद बिक्री हुुंदा कारोबार रकम ३६ करोड ६४ लाख ३० हजार नौ सय ३४ रुपैयााँ पुुगेको छ । 

नेप्सेमा आज सबैगरी कुुल १० वटा समूहको कारोबार भएकोमा पाँच वटा समूहले कमाएका छन भने पाँच वटा समूहले गुमाएकाछन । कमाउने समूहमा परेको बाँणिज्य बैक समूहको सूचक शून्य दशमलव ८३ अंकले बढेर १२ सय १४ दशमलव ९४ विन्दुुमा चढेकोमा ११ करोड ७७ लाख ३१ हजार रुपैयाँको सेयर खरिद बिक्री भएकोे छ ।

जलविद्युुत समूहको सूचक पनि २३ दशमलव ४३ अंकले बढेर १८ सय ७७ दशमलव ५८ विन्दुुमा चढेकोमा छ करोड ५९ लाख ५३ हजार एक सय रुपैयाँको सेयर खरिद बिक्री भएको छ । यसबाहेक टे«डिङ, होटल र उत्पादनमुुलक समूहको सूचक पनि आज सामान्य अंकले बढेकाछन । गुुमाउने  समूहमा परेको विकास बैंक समूहको सूचक भने आज शून्य दशमलव ५२ अंकले घटेर १५ सय ६५ दशमलव २३ विन्दुुमा झरेकोमा एक करोड ३० लाख ६८ हजार चार सय रुपैयाँको सेयर खरिद बिक्री भएको छ ।

बीमा समूहको सूचक पनि १८ दशमलव ६५ अंकले घटेर सात हजार एक सय ७५ दशमलव ८० विन्दुुमा झरेकोमा छ करोड ४७ लाख एक हजार नौ सय रुपैयाँको सेयर खरिद बिक्री भएको छ । यसबाहेक फाईनान्स, अन्य र लघुबित्त समूहको सूचक पनि आज घटेकाछन । 

आज बढी कमाउने कम्पनीको सूचीमा परेको कामना सेवा विकास बैंकको सेयर मूल्य सात रुपैयाँ ५९ पैसाले बढेर एक सय ७० रुपैयाँमा सेयर कारोबार भएको छ भने बढी गुुमाउने कम्पनीको सूचीमा परेको बेष्ट फाइनान्सको सेयर मुल्य चार रुपैयाँ ३१  पैसाले घटेर एक सय ३३ रुपैयाँमा सेयर कारोबार भएको छ ।

रकम कारोबारका आधारमा अग्रस्थानमा परेको सानिमामाई हाइड्रोपावर कम्पनीको चार सय ३१ रुपैयाँ अन्तिम मूल्यमा पाँच करोड १८ लाख पाँच हजार आठ सय ३४ रुपैयाँको सेयर कारोबार भएको छ ।

यसैगरी नेको इन्स्योरेन्स कम्पनीको पनि प्रतिकित्ता सात सय ६१ रुपैयाँ अन्तिम मुल्यमा दुुई करोड ५७ लाख ६३ हजार छ सय ४४ रुपैयाँको सेयर कारोबार भएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै