• २०८१ बैशाख ८ शनिबार

परीक्षा सरे पनि शिक्षकको अनशन जारी

kharibot

फाइल तस्विर

काठमाडौँ । अस्थायी शिक्षक संघर्ष समितिले आगामी भदौ ३ गते हुने शिक्षा सेवा आयोगको परीक्षा स्थगन भए पनि अनशन जारी राखेको छ ।

समितिका उपाध्यक्ष ज्योतिनारायण ढकालले एक साताका लागि मात्र परीक्षा सारिएको र शिक्षा ऐन संशोधनको सुनिश्चित नभएकाले तत्काल अनशन नतोड्ने बताउनुभयो । गत असार ९ गतेको सहमतिअनुसार शिक्षा ऐन संशोधन गरी परीक्षाको नयाँ मिति तोक्न माग गरी समिति आन्दोलित छ । 

समितिका तर्फबाट यही साउन १८ गतेदेखि भद्रकालीमा अनशनरत दुई शिक्षकको स्वास्थ्य अवस्था नाजुक भएपछि अस्पताल भर्ना गरिएको छ । सहमतिमा परीक्षामा सबै अस्थायीले भाग लिन पाउने र असफल भएमा उचित क्षतिपूर्ति दिइने उल्लेख छ । 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै