• २०८१ बैशाख ७ शुक्रबार

ऐतिहासिक घटनाक्रम समेटिएको नाटक राजेन्द्र लक्ष्मी 

kharibot

काठमाडौं / ख्वापा नाट्य समुहले शिल्पी नाटकघरमा मञ्चन गरेका नाटक राजेन्द्र लक्ष्मी सकिएको छ । गत पुस २५ गतेदेखि मञ्चन सुरु गरेको राजेन्द्र लक्ष्मी माघ २ गते सकिएको हो । प्रचण्ड मल्लद्वारा लिखित नाटकलाई प्रदिप खड्गी पासाले निर्देशन गरेका हुन् । 

पृथ्वी नारायण शाहले गरेको एकीकरण अभियानलाई नायवी राजेन्द्र लक्ष्मीले निरन्तरता दिएकी थिइन् । उनले लमजुङ, तनहु, गोरखा आक्रमण गरेको इतिहासलाई नाटकमा देखाइएको थियो ।

नारी पनी कमजोर हँुदैनन् भन्ने भाव नाटकले देखाउनखोजेको छ । नारी पनि युद्धमा होमिएर विजय प्राप्त गर्छन् भन्ने कुरा नाटकमार्फत देखाइएको नाटकका निर्देशक प्रदिप खड्गीले बताए । 

यो नाटक स्वर्गीय राजा वीरेन्द्रले २०५८ सालमा वंशविनाश हुनुअघि हाल रहेको संसदीय भवनमा हेरेका थिए । जति बेला लेखक प्रचण्ड मल्लले नै निर्देशन गरी उक्त नाटक मञ्चन भएको थियो । 

यो नाटकमा मुख्य भूमिका अर्थात् राजेन्द्र लक्ष्मीको रुपमा एना देउजा रहेकी थिइन् । उनको अभिनय तारिफ योग्य नै रहेको थियो ।

त्यस्तै अन्य कलाकारहरुमा हेमन तन्डुकार, अर्जुन बोहोरा, सुरज सुबेदी, दिलिप बिष्ट, सञ्जय माली, सुरेन्द्र कटवाल, लेविदत्त थापा, अस्मिता पौडेल, दिपेश काफ्ले, केशव सिंह ठगुन्ना, आयुष प्याकुरेल, महेश पौडेल, किरण चापागाई, युनिषा गुरुङ, रोहित खत्री, अनिषा कोइराला, मार्टिना दिक्रुज र बिनोद पौडेल रहेका छन् । 
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै