• २०८१ बैशाख ४ मंगलबार

डा. गोविन्द केसीद्वारा अनशन स्थगित, बाढीपिडितको राहतमा केन्द्रीत हुने   

kharibot

डा. गोविन्द केसी

काठमाडौँ । डा. गोविन्द केसीले सरकारसँग विना सम्झौता आमरण अनसन तोडेका छन् । अनशन बसेको २३औ दिन सरकारसँग कुनै आधिकारिक सम्झौता नभई डा.केसीले अनशन तोडेका हुन् ।

डा. केसीले पत्रकार सम्मेलन गर्दै देशका विभिन्न ठाउमा बाढी पहिरोबाट आएको विपत्तिबाट आहत भएको भन्दै सबैको ध्यान उद्धार राहतमा केन्द्रित गर्न आफुले आफ्नो सत्याग्रह स्थगित गरेको बताएका छन् । डा. केसीले आफ्नो संघर्ष अझै जारी रहेको र बाढी पहिरोबाट परिस्थिति सामान्य बनेपछि पुन संघर्ष सुरु गर्ने पनि बताएका छन् ।

सरकारले आफ्ना माग आंशिक रुपमा पुरा गरेपनि माथेमा प्रतिवेदन र चिकित्सा शिक्षा ऐन पारित गर्ने मुख्य काम आझै बाँकी रहेको बताउदै डा. केसीले चिकित्सा शिक्षा ऐनलाई तोडमोड गर्ने बदमासी भएमा तत्काल सत्याग्रह सुरु गर्ने पनि बताएका छन् ।

डा. केसीले विना सम्झौता अनशन तोडेपनि सरकारले भने चिकित्सा शिक्षा विधेयक बाहेकका अधिकांश माग सम्बोधन गरेको छ ।

सरकारले त्रिभुवन विश्वविद्यालयले केसीको माग सम्बोधन गर्न केही निर्णय लिएको बताइएको छ । त्रिभुवन विश्वविद्यालयले मेडिकल कलेजको सिट र शुल्क निर्धारणको अधिकार आईओएममा फिर्ता गरेको छ । 

त्यस्तै डा. केसीले अनसन तोडेपछि आईओएमका डिनले सिफारिस गरेका चार जनालाई नै सहायक डिन नियुक्त गर्न पनि त्रिभुवन विश्वविद्यालय सहमत भएको बताइएको छ ।

चिकित्सा शिक्षा विधेयकमा रहेको विवाद भने कायमै रहेको छ । प्रस्तावित मनमोहन मेडिकल कलेजका विषयमा सरकारले किनेर संचालन गर्ने र कलेजका संचालकले नबेच्ने बताइरहेका छन्  ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै